रामेछापमा घर फोडेर तामाको गाग्री चोर्ने कार्की र किन्न सोनार पक्राउ



२८ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका– खाँदबारी रणजोर खोला नजिकै बस्ने टिका बहादुर मगरको घरको मुल ढोकाको ताल्चा फुटाई घर तामाको गाग्री र चरेसको थाल चोरी गर्ने मन्थली नगरपालिका–१ बस्ने राम बहादुर कार्की र चोरीको सामान किन्ने पर्सा वीरगंजका श्यामबाबु सोनारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कार्कीको बयानको आधारमा सोनारलाई पक्राउ गरेको हो । कार्कीले मगरको घरबाट दुई थान तामा पितलको गाग्री, दुई वटा चरसको अर्झा थाल दुई वटा ढलौटको खम्रा र अन्य भाडावर्तन चोरी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्