रामेछापको विभिन्न वनमा आगो लगाउदै हिड्ने दुई युवक पक्राउ, के हुन्छ कारवाही ?



२८ वैशाख, रामेछाप ।
रामेछापका विभिन्न वनमा आगो लगाउदै हिड्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । वनमा आगो लगाउदै हिड्ने युवकहरुको बारमा स्थानीयले दिएको सूचनाको आधारमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । वैशाख २३ गते रामेछाप नगरपालिको कालिका देवी गाईखुरा सामुदायिक वन ठुलीभिर स्थितको जंगलमा आगो लगाएको आरोपमा लिखु तामाकोशी गाउँपालिका–३का २३ बर्षियआशोक महतलाई प्रहरीले यही २६ गते पक्राउ गरेको छ ।

त्यसैगरी वैशाख ८ गते दिउसो १ बजेको समयमा रामेछाप नगरपालिका– ३ मा रहेको कालिकादेवी सामुदायिक वनमा आगो लगाएको घट्नाको संलग्न भएको आधारमा सोही वडाका १९ बर्षिय सुवास महतलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनाले आगलागीको घटनामा आफूहरु संलग्न भएको बयान दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप सिंहले रामेछाप न्युजलाई जानकारी दिए । आगो लगाएको आरोपमा पक्राउ परेका दुवै जनालाई डिभिजन वन कार्यालय रामेछाप डाँडामा बुझाई वन ऐन अन्तर्गत अनुसन्धान भइरहेको उनले बताए । सिंहका अनुसार वनमा आगो लगाएको घटनामा पक्राउ परको दुवै जनामाथि तीन बर्ष कैद र जरिवानको फैसला हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्