रामेछाप अस्पतालमा पुनः सुरु भयो डायलाइसिस सेवा



जेठ ३, रामेछाप ।
रामेछाप अस्पतालमा एक बर्षदेखि प्राविधिक कारणले स्थगित हुँदै आएको डायलाइसिस सेवा पुनः आजबाट सुरु भएको छ । मृगौलाको समस्याबाट पीडितहरुले अब जिल्ला अस्पतालबाट सेवा दिन सुरु गरेका छन् । आज एक जना मृगौलाको बिरामीको डायलाइसिस गरेर सेवा सुरु गरिएको रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले बताए ।
उनले भने,‘अब भने मिर्गौलाको समस्याबाट पीडित बिरामीहरूले नियमित रुपमा सेवा लिन सक्नुहुनेछ, रामेछापबाट धाएर काठमाडौं जानु पर्दैन ।’ अस्पतालमा तत्काल १० जना भन्दा मृगौलाका बिरामीहरु राजधानी काठमाडौं जाने गरेका छन् । डा. श्रेष्ठका अनुसार जिल्लाभित्र करिब ३० जना भन्दा मृगौलाका बिरामीहरु रहेका छन् ।

रामेछाप अस्पतालमै डायलाइसिस सेवा सञ्चालन भएपछि जिल्लाबाट अन्य स्थानमा डायलाइसिस गर्न जाने बिरामीहरूलाई सहज हुने भएको छ । मिर्गौलाको समस्याबाट पीडित बिरामीहरूले डायलाइसिस गर्नका लागि अस्पतालका सूचना अधिकारीको सम्पर्क नं ९७६५२०३३८४ मा सम्पर्क गरेर नाम दर्ता गराउन अस्पताले आग्रह गरेका छ ।
बागमती प्रदेश अन्तर्गत पछिल्लो बर्षमा रामेछाप अस्पताले उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ । सेवा सुविधाको विस्तारसँगै अस्पतालमा सेवाग्राहीको चाप पनि बढदै गएको डा. श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्