वनमा आगो लगाएको अभियोगमा रामेछापमा ७० बर्षिय मगर पक्राउ



६ जेठ, रामेछाप ।
रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउने व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् । वनमा अागाे लगाएकाे अाराेपमा रामेछाप नगरपालिका–८ कात्तिकेटोलका ७० बर्षिय अमर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिके सामुदायिक वनमा आगो लगाउदै गरेको अवस्थामा उक्त सामुदायिक वनका उपभोक्ताहरुले देखी प्रहरीलाई खबर गरे लगत्तै मगरलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले पक्राउ परेका मगरलाई आवश्यक अनुसन्धानको लागीडिभिजन वन कार्यालय रामेछापडाँडामा बुझाईएको बताए । उनका अनुसार डिभिजन वन कार्यालय रामेछापडाँडाबाट ५ दिनको म्याद थप भई अनुसन्धान भईरहेको छ । यही जेठ २ गते करिब ४ बजेको समयमा मगरले वनमा आगो लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्