बलात्कारको मुद्दामा फरार रामेछापका नेपाली रोमानियाबाट पक्राउ



१३ जेठ, काठमाडाै ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का २४ बर्षीय गौरव नेपाली रोमानियाबाट पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका उनलाई रोमानियाको प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीलाई कारवाहीको लागि नेपाल फिर्ता ल्याएको छ । प्रहरी कार्यालयमा मुद्दा दर्ता भएसँगै नेपाली फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्