मन्त्रिपरिषद् बैठकद्धारा बजेट स्वीकृत, बजेट भाषण केहीबेरमा



१५ जेठ, काठमाडौं ।
मन्त्रिपरिषद् बैठकद्धारा आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि प्रस्तावित बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो । बजेट स्वीकृत गरेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूले सामूहिक तस्बिर खिचेका छन् । सामूहिक तस्बिर खिचेर अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवनतर्फ लागेका छन् । केहीबेरमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्