सिसी क्यामेराकाे फुटेजबाट भेटियो मन्थली बजारमा हराएको सुनकाे गहना



१५ जेठ, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थली बजारमा हराएको गहना प्रहरीले सिसी क्यामेराकाे फुटेज मार्फत फेला पारेको छ । आज दिउसो मन्थलीको बसपार्कबाट देवकोटाचोक तर्फ जाँदै गरेको प्र.२–०२–००१ ह ६७१ नम्बरको अटोमा चढेकी सुनमाया बिकले साथमा बोकेको गहना छुटेको थियो । गहना हराएपछि बिकले लगत्तै जिल्ला प्रहरी कार्यालय रामेछापमा आफ्नो गहना हराएको जानकारी गराएका थिएन । लगत्तै प्रहरीले सिसी क्यामेराको फुटेज हेरेर बिक चढेको अटोको पहिचान गरेको थियो ।

सोही आधारमा प्रहरीले अटो चालकलाई सम्पर्कमा ल्याएर अटो चेकजाँच गर्ने क्रममा सिट भन्दा तल खसेको अवस्थामा गहना फेला पारेको थियो । भेटाएको गहना बिकलाई हस्तान्तरण गरेको छ । मन्थली नगरपालिकाभित्र बजार क्षेत्रका विभिन्न स्थानमा गरी करिब ६० वटा भन्दा बढी सिसी क्यामेरा जडान गरिएको छ । यसअघि प्रहरीले सिसी क्यामेरोको फुटेको आधारमा हराएको खसी र खसी चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्