कुटाकुट घटनाः वीर बहादुर तामाङ समुहले पनि दियाे जित बहादुर मगरको विरुद्ध उजुरी



२२ जेठ, रामेछाप ।
जनजाति महासंघ जिल्ला अधिवेशनमा सामान्य विषयबाट सुरु भएको नेपाली कांग्रेस रामेछापको विवाद कुटाकुट हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पुगेको छ । पार्टीभित्र विवाद समाधान हुन नसकेपछि घटनामा घाइते भएका नेता जित बहादुर मगरले आफूमाथि ज्यान लिने उदेश्यले कुटपिट भएको भन्दै नेता वीर बहादुर तामाङसहितका ९ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा जेठ १३ गते मुद्दा दर्ता गराएका थिए ।

पार्टीको कार्यक्रममा कुटाइ खाएपछि जित बहादुरसहितका नेताहरुले पार्टीले वास्ता नगरेको गुनासो गरेका छन् । जिल्ला तहमा यस विषयमा विवाद समाधान गर्न पनि नेताहरु चुपचाप बसेको कारण पार्टीभित्रको आन्तरिक विवाद प्रहरी समक्ष पुगेको छ । त्यसैगरी कुटपिटबाट घाइते भएका जित बहादुर मगरसहित ९ जनाको विरुद्ध पनि हुलाक मार्फत वीर बहादुर तामाङ पक्षले जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी पठाएको छ ।

दुई पक्षबीच कुटाकुट हुँदा जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका थिए । नेपाली कांग्रेस एक नेताले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार दुवै समुह मिल्ने पक्षमा नेखिएपछि प्रहरी कार्यालय मार्फत नै छिनोफानो गर्ने गरी अघि बढेका छन् । उनले भने,‘जित बहादुर पक्षले पार्टी नेतृत्वले केही न्याय दिन्छ कि भनेर केही समय प्रतिक्षा गरे, तर जिल्लाका नेताहरु विवाद समाधान गर्न अग्रसर भएको नदिएपछि प्रहरी कार्यालय पुगेको देखिन्छ, वीर बहादुर पक्षले पनि प्रहरी कार्यालयमा जोहरी दर्ताको लागि पठाएपछि अब पार्टीभित्रको विवाद प्रहरी कार्यालयले गर्ने भो ।’

प्रतिक्रिया दिनुहोस्