रामेछापको लुभुमा कार दुर्घटना



२३ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ मध्य पहाडी लोकमार्ग अन्तर्गत माझीटोलमा कार दुर्घटना भएको छ । नेपालथोकबाट लुभुघाटतर्फ आउदै गरेको बा १८ च ६८५३ नम्बरको सुजुकी कम्पनीको सेतो कार अचानक अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसी दुर्घटना भएको हो । कार दुर्घटनमा परी चालकसहित तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइतेलाई उद्धार गरेर थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइते हुनेहरुमा कार चालक काभ्रे पनौती नगरपालिका–५ कबा ३२ बर्षिय विनोद श्रेष्ठ, सोही नगरपालिकाका ३४ बर्षिय कुमार तामाङ र उनका छोरा सलिन तामाङ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्