मोटरसाइकल दुर्घटना हुँदा रामेछाप सुनापति गाउँपालिका भिरकोटका तामाङको निधन



३ असार, काठमाडौं ।
मोटरसाइकल दुर्घटनामा परी रामेछापको सुनापति गाउँपालिका–५ भिरकोटका घर भई हाल सशस्त्र प्रहरी बल नेपालमा हवलदारमा पदमा कार्यरत ३२ बर्षीय संजय वल तामाङको निधन भएको छ । शनिवार काठमाडौको बालाजु मुड्कु भन्ज्याङ भन्ने स्थानमा उनी सबार ९३ प १९३४ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा तामाङसहित दोलखा घर भएका महेन्द्र तामाङसहित दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्