गाल्वा कुटाकुट घटनाः कांग्रेस नेता वीरबहादुर तामाङ प्रहरी हिरासतमा



३ असार, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका नेता वीर बहादुर तामाङ पक्राउ परेका छन् । गाल्वामा आयोजित कार्यक्रममा कुटकुट भएपछि नेता जित बहादुर मगरले घटनामा वीरबहादुर तामाङ लगायतको सहभागीता रहेको किटानी जाहेरी दिएसँगै जिल्ला प्रहरी कार्यालय रोमछापले तामाङलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । प्रहरी स्रोतले रामेछाप न्युजलाई दिएको जानकारी अन्ुसार तामाङले घटनामा आफू सलग्न नरहेको दावी गर्दै आएका छन् । प्रहरीले तामाङलाई अझै केही दिन हिरासतमा नै राखेर अनुसन्धान गर्नको लागि म्याद थप गर्ने तयारी गरेको छ । कार्यक्रममा झडप हुँदा नेता जित बहादुर थापासहित घाइते भएका थिए । दुई समुहको विवाद कुटाकुट हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्