फर्पु पहिरो अपडेटः वेपत्ता तीनै जना बालिकाको शव भेटियो



साउन १०, रामेछाप ।
रामेछापको गोगुलगंगा गाउँपालिकाको फर्पुमा पहिरोले पुरिएर वेपत्ता भएका तीन जना बालिकाहरुको शव फेला परेको छ । पहिरो लगत्तै उद्धारामा खटिएका स्थानीयवासी र प्रहरीको सहयोगमा तीन जना बालिकाहरको शव फेला पारिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले पहिरोमा परी वेपत्ता तीनै जना बालिकाहरुको शव फेला परेको रामेछाप न्युजलाई जानकारी दिए । किचनमा बसिरहेको अवस्थामा आज साँझ घरमाथिबाट आएको पहिरोले किचनको पुरिदा सो घटना भएको हो ।
स्थानीय बुद्धवीर तामाङले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा सीता तामाङ, आशिका तामाङ र लक्ष्मी तामाङ रहेका छन् । पहिरोले तीन बालिकाहरुको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्
G0XmwqV9xv8K, nNC7c9yW, 5hS4xQDF, 68TakpfvkXZ64, OLnI1DpdUPP, pGaoIZQe1lNeGrwm, aCFxBT7O19AeUapz, AkmcKoJE, CvRn8Cm