नेपालथोक-खुर्कोट सिन्धुली सडक खण्ड सञ्चालनमा



१३ असोज, रामेछाप ।
बाढी पहिरोको कारण अवरुद्ध हुन पुगेको बिपि राजमार्गको नेपालथोक खुर्कोट सिन्धुली सडक खण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै ठाउँठाउँमा अलपत्र परेका सवारी साधन र यात्रुहरु सिन्धुलीतर्फ फर्किएका छन् । सडक डिभिजन कार्यालय खुर्कोटका इन्जिनियर प्रदिप तामाङले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार ठाउँठाउँमा रहेको अवरोध हटाउने कार्य भएसँगै आजबाट यस खण्ड सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्