कुलमान घिसिङलाई कुनै पनि हालतमा हटाउनु हुँदैनः राज्यमन्त्री कान्छाराम तामाङ



काठमाडौं ।

उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कुनै पनि हालतमा हटाउन नहुने बताएका छन्। उनले सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले मन्त्री दिपक खड्का घिसिङलाई हटाउन लागेको बताउदै अहिले हटाउन नहुने बताएका हुन् ।

विद्युत प्राधिकरण जस्तो घाटाको संस्थालाई नाफामा लैजान घिसिङले महत्वपूर्ण योगदान दिएको बताउदै उनलाई हटाउन नहुने आफ्नो प्रस्ताव रहेको तामाङले बताए। घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुने जानकारी दिँदै देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन भन्दा पुनः एक कार्यकाल म्याद थप गर्नुपर्ने बताए । उनले भने,‘उहाँलाई (कुलमान) हटाउन मन्त्रीज्यु साउन–भदौंबाट लाग्नुभएको हो। स्पष्टीकरण पनि सोधिएको हो। चित्त नबुझेका कुराहरूमा स्पष्टीकरण सोध्न मिल्छ। चित्त बुझ्दो जवाफ आएपछि हटाउन सक्नुभएन। तर घिसिङ जस्ता देशका लागि काम गर्ने व्यक्तिलाई हटाउनु उचित हुँदैन। नागरिकले चाहेको खण्डमा उनलाई फेरि ४ वर्ष काम गर्न दिनुपर्छ।’
रामेछाबाट प्रतिनिधिसभा सदस्यमा समेत रहेका तामाङले कुलमानलाई हटाए प्राधिकरणले अहिले लिएका लक्ष्य हासिल गर्न कठिन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्