बिपी राजमार्गमा भोलिबाट राती गाडी नचल्ने



काठमाडौं ।
बिपी राजमार्गमा भोलि साँझदेखि रातीको समयमा यातायात सञ्चालन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले भोलिदेखि असोज २१ गतेसम्म साँझ पाँच बजेपछि यातायात सञ्चालन गर्न रोक लगाएको हो । गत बर्ष असोज १२ गतेको बाढी पहिरोको कारण सडक विभागले हाल अस्थायी ड्राइभर्सन बनाएर यातायात सञ्चालन गर्दै आइरहेको छ । रोशी खोलामा आउन सक्ने सम्भावित बाढी पहिरोलाई ध्यान दिदै प्रशासन कार्यालयले केही दिनको लागि रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ ।

सडक डिभिजन भक्तपुरले भने सम्भावित जोखिम भएको स्थानमा तयारी अवस्थामा डोजर स्काभेटर र रोलर तयारी अवस्थामा राखिएको बताएको छ । सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बिपी राजमार्गको अवस्थामा अहिले सहज रहेको बताउदै अत्याधिक सवारी साधनको कारण पुलमा जाम रहेपनि अन्य क्षेत्रमा सहज रहेको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्