पूर्व जानकारी लिएर मात्र यात्रा गर्न मन्त्री घिसिङको आग्रह



काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातयाात मन्त्री कुलमान घिसिङले विभिन्न जिल्लामा भारी बर्षा हुने पूर्वानुमान रहेकाले सतर्क भएर मात्र यात्रा गर्न नागरिकहरुलाई आग्रह गरेका छन् । भारी बर्षासँगै सडकमा पहिरो जाने सम्भावित जोखिमलाई ध्यान दिदै चालकहरुलाई सावधानी अपनाउन र यात्रीहरुलाई पूर्व जानकारी लिएर मात्र यात्रा गर्न उनले आग्रह गरेका हुन् ।

असोजको १७, १८ र १९ गते विभिन्न जिल्लामा भारी वर्षा हुने पुर्वानुमान छ, यसबाट वीपी राजमार्ग र नारायणगढ–मुग्लिन तथा नारायणगढ–बुटवल सडक खन्डमा जोखिम रहेको भन्ने कुरा आएको छ । म सबै चालकहरूलाई सतर्कताका साथ गाडी चलाउन र यात्रुलाई पनि हतार नगरी, आवश्यक जानकारी लिएर मात्रा यात्रा गर्न आग्रह गर्दछु, मन्त्री घिसिङले भने । उनले सम्भावित जोखिम रहेको स्थानमा सडक विभागले तयारी अवस्थामा आवश्यक पर्ने डोजर, लोडर र स्काभेटर राखेको बताउदै यात्रा गर्नुअघि सडक विभाग र प्रहरीसँग जानकारी लिएर मात्र यात्रा गर्नु आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्