रोशी खोला क्षेत्रमा भिषण बर्षा, बिपी राजमार्गमा यातायात सञ्चालनमा रोक, काभ्रेभञ्ज्याङ र मंगलटारमा रोकियो गाडी
काठमाडौं ।
बिपी राजमार्ग अन्तर्गत रोशी खोला क्षेत्रमा अहिले भिषण बर्षा भइरहेको छ । बर्षाको कारण अस्थायी ड्राइभर्सन मार्फत सञ्चालनमा ल्याएको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब १२ किलोमिटर क्षेत्रमा अहिले यातायात सञ्चालन गर्न रोक लगाइएको छ । काठमाडौबाट जाने गाडी अहिले काभ्रेभञ्ज्याङमा रोकिएका छन भने पूर्वी पहाडबाट आउने गाडीहरु मंगलटारमा रोकिएका छन् ।

सडक विभागका प्रवक्ता प्रभात झाले भकुण्डवेसी र धुलिखेलमा ठूलो पानी परेकाले सम्भावित जोखिमबाट सुरक्षित रहनको लागि काभ्रेभञ्जाङ र मंगलटारमा गाडी रोकिएको रामेछापन्युजलाई बताए । गत बर्ष असोज १२ गते आएको बाढी पहिरोको कारण बिपी राजमार्गको १२ किलोमिटर सडक पूर्ण रुपमा क्षति पुर्याएको थियो ।
सरकारले पूर्व मौसम अनुमान अनुसार आज र भोलि यात्रा नगर्न आग्रह गरेको छ । सरकारले हिजोबाट रातीको समयमा बिपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएको थियो । अविरल बर्षा भइरहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागरिकहरुलाई अपिल गरेको छ ।
