रामेछाप बस दुर्घटनाः १२ जनाको निधन ९ जनाको पहिचान खुल्यो (नामसहित)



काठमाडाै‌ ।

काठमाडौंबाट रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस आज रामेछापको मचानेटारमा दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खस्दा १२ जनाको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टका अनुसार मृत्यु हुनेहरुमा ७ पुरुष र ५ महिला रहेका छन् । दुर्घटनामा घाइते भएका ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका
सबै शवहरू मन्थली अस्पताल पुर्‍याइएको छ । तामाकोसी नदीमा अहिले पनि सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।

मृतकहरूकाे नामवली

१. दोलखा भिमेश्वर नगरपालिका–७ बस्ने अन्दाजी २५ वर्षीया बबि तामाङ ।

२. दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने अन्दाजी ६० वर्षीया मान बहादुर तामाङ ।

३. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय दिपेश बस्नेत ।

४.रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ ।

५. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३१ वर्षीया तारा तामाङ ।

६. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३६ वर्षीय भिम बहादुर तामाङ ।

७. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी १६ वर्षीया रमिता तामाङ ।

८.रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत।

९. सिन्धुली गोलन्जोर गाउँपालिका–६ अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्