
२ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट पालिकाको अध्यक्षको उम्मेदवार रहेका केशव महतले १५९२ मत प्राप्त गर्दा एमालेबाट पालिकाका अध्यक्षका

२ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिका– ५ नामाडीको वडाअध्यक्षमा नेकपा एमालेका दीपक कार्की विजयी भएका छन् । उनले काँग्रेसका वडाअध्यक्षका उम्मेदवारलाई ७२ मतले पराजित गर्दै वडाअध्यक्षमा विजयी भएका हुन् ।

२ जेठ, रामेछाप । रामेछाप जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचन भन्दा सात प्रतिशत कम मत खसेको छ । गत निर्वाचनमा रामेछापमा ७२ प्रतिशत मत खसेको थियो । यस पटकको

२ जेठ, रामेछाप । मन्थली नगरपालिका–२ को वडअध्यक्षमा नेकपा एमालेका वडाअध्यक्ष सुरेन्द्र कार्की विजयी भएका छन् । भर्खरै सार्वजनिक गरिएको मतपरिणाम अनुसार कार्कीसहित प्यानल नै विजयी भएका हुन् ।

२ जेठ, रामेछाप । मन्थली नगरपालिका–१२ गेलुको वडाअध्यक्षमा कांग्रेसका खिलेन्द्र खत्री विजयी भएका छन् । भखैरै सार्वजनिक भएको मतपरिणाम अनुसार खत्रीसहित उनको प्यानल नै विजयी भएका हुन् ।

२ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बा वडामा माओवादीका मेचमान योञ्जनसहित प्यानल नै विजयी भएका हुन् । पालिकामा माओवादीले

२ जेठ, रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर ३ साँघुटारको वडअध्यक्षमा नेपाली कांग्रेसका दल बहादुर प्रधान विजयी भएका छन् । उनीसहित साँघुटारमा कांगेसको प्यानल नै विजयी भएको हो । यसअघि

१ जेठ, रामेछाप । सुनापति गाउँपालिका–२ दिमीपोखरीमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार पदम थापामगर विजयी भएका छन् । उनले कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।

१ जेठ, रामेछाप । सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सुनापति गाउँपालिका–५ खनियापानीमा माआवादीबाट वडा अध्यक्षका उम्मेदवार चित्र बहादुर मानन्धरसहित प्यानल नै विजयी भएका हुन् । कांग्रेसबाट

१ जेठ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । गाउँपालिका–१ डडुवामा एमालेबाट वडाअध्यक्षका उम्मेदवार प्रेम कुमार लामाले ११४४ मत ल्याएर विजयी भएका हुन् । उनले माओवादीका