रामेछापका तीन गाउँपालिका जोडने सडक कालोपत्रे हुन्छः मन्त्री ढुंगेल



८ जेठ, रामेछाप । रामेछापको तीन गाउँपालिकाका जोडने सडक कालोपत्रे हुने भएको छ । खाँडादेवी गउँपालिकाको खैरेनीघाटबाट सुनापती गाउँपालिकाको खनियापानी बेथान गाल्वा हुँदै दोरम्बा गाउँपालिकाको सैलुङस्थित खोलाखर्क जोडने सडक कालोपत्रे हुने भएको हो ।

खाँडादेवी, सुनापती र दोरम्बा गाउँपालिकाका अध्यक्षहरुले सामुहिक रुपमा सडक कालोपत्रे गर्न लिखित रुपमा तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई बुझाइ सकेका छन् । तीन नम्बर प्रदेशले यस आर्थिक बर्षको लागि खैरेनीघाट लभु बेथान गाल्वा अन्तर्गत १७ किलोमिटर सडकको विस्तार गर्न २ करोड विनियोजन गरेको छ । उक्त सडकमा हाल धमाधम काम भइरहेको छ । खैरेनीघाटबाट बेथान गाल्वा हुँदै खोलाखर्कसम्मको सडकको डिपिआर तयार भइसकेको छ ।

रामेछाप प्रदेश सभा क्षेत्र ‘ख’बाट निर्वाचित प्रदेश सांसद समेत रहेका तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनमन्त्री कैलाश ढुंगेलले समग्र जिल्लाको विकास निर्माणमा आफूले ध्यान दिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘मुख्य सडकको पहिचान गरी प्रदेश सरकारले कालोपत्रेको लागि बजेट विनियोजन गरेको छ, आगामी आर्थिक बर्षको बजेटमा खैरेनी बेथान गाल्वा हुँदै खोलाखर्कसम्मको सडक कालोपत्रेको लागि बजेटको व्यवस्थापन हुन्छ ।’

प्रदेश सरकारले निर्माण गर्न लागेको उक्त सडकको कालोपत्रे आठ मिटरको हुनेछ । हाल १२ मिटरको सडक विस्तार भइरहेको छ । चौडा र नाला समेत गरेर ८ मिटरको सडकका कालोपत्रे हुने भएको छ । खैरेनीघाटदेखि लुभु गौडारी हुँदै डहुसम्म हाल मध्य पहाडी लोकमार्ग निर्माण भइरहेको छ ।

मन्त्री ढुंगेलले मध्य पहाडी लोकमार्गबाट खानीखोलाको आसपास हुँदै पर्यटकीय क्षेत्र सैलुङ जोडने छोटो सडक निर्माणको गर्ने विषयमा पनि गृहकार्य भइरहेको बताए । तीन नम्बर प्रदेश सरकारले मन्थली नगरपालिका खाँडदेवी गाउँपालिकाभित्रको तीन वटा सडक कालोपत्र गर्नको लागि ठेक्का सम्झौता भएर हाल धमाधम काम भइरहेको छ । खैरेनीदेखि खाेलाखकसम्मकाे दुरी करिब ४२ किलाेमिटरकाे रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
T2KKFZCJ, LOOl5qGMcYDnW, 5gmHqi5UBE, 4gIiRrGS9NlF, l4u30M7SZJXZ, jmIsYgRWOwaVM, HS4kh, 8LmeNjp2cVZ, R71HGlA2RO6L