रामेछापमा बाजागाजा सहित मनाइयो राष्ट्रिय धान दिवस (फोटोफिचर)



१५ असार, रामेछाप ।
राष्ट्रिय धान दिवसको अवसरमा रामेछापका विभिन्न क्षेत्रमा धान रोपेर दिवस मनाइएको छ । १७ औ राष्ट्रिय धान दिवसको अवसरमा मन्थली नगरपालिकाले आयोजना गरेको रोपाई महोत्सव भने बाजागाजा सहित मनाइएको छ । मन्थली नगरपालिका–१३ फुलासीमा आयोजित धान दिवसमा सुरु हुनु अघि पञ्चेबाजा सहित नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, नगर उपप्रमुख माया कार्की सहितलाई स्वागत गरिएको छ ।
लगत्तै खेलमा पुगेर नगरप्रमुख बस्नेतले गोरु जोतेका थिए भने नगरप्रमुख कार्कीले धान रोप्नुभएको थियो । मन्थली नगरपालिका बाहेक बाँकी ७ वटा स्थानीय तहमा भने यस पटक रोपाई कार्यक्रम गरिएन ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि धान रोप्नुभएको छ । उहाँले धान रोपेको फोटो आफ्नो फेसबुक पेजमा राख्दै लेख्नुभएको छ,‘रामेछापमा पनि रोपियो धान, १७ औं राष्ट्रिय धान दिवसको यहाँहरु सबैमा शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्
dEqWpEW9n0, 1hxjhXfHq4k6xTr, BXiUXF3SY3Ugu9H5, UUYv, qdEfck, nmCyWe, ARYw, yIzFyQwq2dbcJtnp, 5eWEflzH, U8XquFrFp