दुरागाउँका विस्थापित भुकम्प पीडितलाई एकीकृत बस्ती निर्माण अझै सकिएन (फोटो/भिडियो)



१५ कात्तिक, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँमा भुकम्पको कारण विस्थापित बनेका २३ घर परिवारको लागि एकीकृत वस्ती निर्माण गरिएको छ । २०७२ सालमा गएको भुकम्पको कारण वस्ती नै जोखिममा परेपछि सरकारले सुरक्षित स्थानमा राख्न एकीकृत वस्ती निर्माणको अवधारणा अगाडि सारेको थियो ।
स्थानीय सरकारको पहलमा राष्ट्रिय पुननिमाण प्राधिकरणको सहयोगमा हाल घर निर्माण कार्य सम्पन्न भएको छ । दुई बर्ष अघि निर्माण सुरु गरिएको एकीकृत वस्तीको समयमा नै सम्पन्न नहुँदा भुकम्प पीडितहरु भने समस्यामा परेका छन् ।
८ रोपनी क्षेत्रफलमा दुरागाउँको ज्यामेरीमा चिउरीडाँडाका विस्थापितका लागि २४ घर निर्माण भएको छ । छाना हाल्ने काम सम्पन्न भएपनि घरको फिनिसिङको काम हुन सकेको छैन् । खानेपानी, विद्युतीकरण र सडक लगायतको काम बाँकी रहेको छ ।

लामो वितिसक्दा समेत घर निर्माणको काम सम्पन्न नहुँदा भुकम्प पीडितहरु थप चिन्तित बनेका छन् । एक भुकम्प पीडित भन्छन–विस्थापित भएको पाँच बर्ष वित्यो, घर बन्ला बन्ला भनेर कुरेको दुई बर्ष वितिसक्यो तर अहिलेसम्म नयाँ घरमा सर्न पाइएन ।’

विनाशकारी भुकम्पको कारण २९ घरधुरी विस्थापित भएपनि हाल २४ घरधुरीले मात्र एकीकृत वस्तीमा बस्ने सहमति जनाएका छन् । जग्गा खरिद गर्नको लागि  प्राधिकरणले प्रतिघरपरिवार बराबर २ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । भुकम्प पीडितले प्राप्त गर्ने तीन लाख अनुदान पीडितहरुले एकीकृत वस्ती निर्माणमा खर्चिएका छन् ।

लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका वडा अध्यक्ष निङमार तामाङले एकीकृत वस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘वस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ, एकीकृत वस्तीलाई प्राधिकरणले थप सहयोग गर्ने कार्यविधिको कारण केही ढिला भएको हो, प्राधिकरणबाट बजेट प्राप्त हुनासाथ छिट्टै सम्पन्न हुन्छ ।’

दुई कोठे घर निर्माणको लागि लिखु तामाकोसी गाउँपालिकाले पनि प्रतिघरपरिवार एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । पुननिर्माण प्राधिकरणले हालसम्म वस्ती निर्माण गर्न १७ लाख रुपैयाँ बजेट उपलब्ध गराइसकेको र थप बजेटको लागि पहल गरिरहेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । लकडाउन लगायतका समस्याले समयमा नै घर निर्माण नहुँदा विस्थापित परिवारका बृद्धबृद्धा र बालकालिकाहरुलाई चिसोको कारण समस्या थपिदै गएको छ ।

तस्बीरः लेखबहादुर कार्कीबाट

भिडियो

प्रतिक्रिया दिनुहोस्
yqMMuwTQZXqOv, IrJi0KGYDd9banK, TrgkA62u, RQyHPzqVAOk5J, jazcR0w, Y7sK4zC111UB, Rel6Qd3M1V6C, nK7xVGfz4, 64nBGNYzd8nn, 1OImvlCFWNH