को हुन रामेछापबाट समानुपातिक सांसद बनेकी रिता माझी ?



रामेछापबाट प्रदेशसभाको लागि रिता माझी सांसद भएपछि बधाई दिनेको ओइरो लागेको छ । प्रदेश नम्बर ३ बाट प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माझीलाई सांसद बनाएको हो । रिता माझी समुदायबट पहिलोपटक सांसद बन्ने एक मात्र भाग्यमानी महिला हुन् । रामेछाप जिल्लाबाट अहिलेसम्म माझी समुदायको तर्फबाट कोही पनि सांसद बनेका छैनन् । रामेछाप मन्थली नगरपालिका वडा नम्बर–८ गाईखुराकी रिता सांसद बनेसँगै रामेछापवासीको साथै माझी समुदायमो ठूलो खुसियाली छाएको छ ।

समानुपातिक कोटाबाट सांसद बनेकी रिता राप्रपाको महिला विभागअन्तर्गत केन्द्रीय सदस्य र नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्षसमेत छिन् । यसअघि रिता स्थानीय तह र दोस्रो संविधानसभा निर्वाचनमा समेत उम्मेदवार बनेकी थिइनन् । उनले जिल्लामा विभिन्न सामाजिक संघसंस्थामार्फत माझी समुदायमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । प्रदेशसभा सदस्य माझीले रामेछाप न्युजसँग भनिन,‘तीन नम्बर प्रदेशका मतदाताले मत दिनुभयो, पार्टीले सांसद बनायो, मतदाता र पार्टीलाई धन्यवाद छ ।’ उनले आफ्नो क्षमताले भ्याएसम्म रामेछापको विकास निर्माणमा भूमिका खेल्ने बताइन ।
समाजसेवाप्रति सानैदेखि चासो भएकोले बाल्याकालदेखि संगठन निर्माण र समाजसेवामा अग्रसर हुँदै आएको बताउदै उनले भनिन,‘राजनीति नै समाज, समुदाय र राष्ट्रको विकास, सुशासन र उत्थानको कडि हो, त्यस कारण राजनीतिमा प्रवेश गरेको हुँ ।’

को हुन त प्रदेशसभाका सांसद रिता माझी ?
नामः रिता माझी
जन्म मितिःः २०४३ फागुन १० गते
बुवाः रत्न बहादुर माझी
आमाः सुक्रमाया माझी
जन्म स्थानः महादेवस्थान गाविस वडा नं. ९, सिन्धुली
शिक्षाः श्री प्रा.वि. तल्लो खन्जनी,घाटा सिन्धुली हुँदै, श्री शंकरेश्वर माविबाट एस.एल.सी. गरी पशुपति बहुमुखी क्याम्पस, चावहिल, काठमाडौबाट समाजशास्त्रमा स्नातकोत्तर
विवाहः २०६८ साल मन्थली नगरपालिका वडा नं. ८, रामेछाप
पतिः कर्ण बहादुर माझी
समाजसेवामा संलग्न
–पञ्चकन्या बाल क्लब, सिन्धुलीको, सचिव, कोषाध्यक्ष
–२०६३ सालदेखि नेपाल माझी महिला उत्थान संघको केन्द्रीय सदस्य
–२०६५ सालदेखि माझी जागरण केन्द्रको सहसचिव
–राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको संघीय परिषद सदस्य
–२०७० सालको संविधानसभा निर्वाचनमा सिन्धुली क्षेत्र नं. ३ बाट प्रत्यक्ष उमेदवार
–२०७३ सालमा नेपाल माझी महिला उत्थान संघको केन्द्रीय अध्यक्ष
–राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय सदस्य
–२०७४ देखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय सहसचिव
–२०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट मन्थली नगरपालिकाको उपमेयरको उमेदवार
–हाल रामेछाप क्षेत्र नम्बर २ बाट राप्रपाको तर्फबाट तीन नम्बर प्रदेशको लागि प्रदेशसभा सदस्य

 

प्रतिक्रिया दिनुहोस्
1GsuarDPZEFdHL, f5ZWsnUGd4QyLz8, T6L58mWmyr9, XsLId, wdgvBUvUDpnGg, uKHNzlXLNzr, ecROx7JqBE36WIOF, ZyvJTSao, arKlPkwhbpbhr