अब जलविद्युत आयोजनामा हरेक घर परिवारलाई एक लाख शेयर’



२ पुस, दोलखा ।

उर्जामन्त्री जनार्दन शर्माले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरर्गत जलविद्युत आयोजनाहरुमा हरेक घर परिवारलाई कम्तीमा एक लाख शेयर दिइने घोषणा गरेका छन् । शनिवार दोलखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उजामन्त्री शर्माले ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपिँया शेयर लगानी गर्ने कार्यविधि तयार भएको बताएका हुन् ।
एक लाख रुपिँया एकै पटक चुक्ता गर्न नसक्नेहरुको लागि प्रतिवर्ष २० हजारको दरले पाँच वर्षमा भुक्तान गर्न सकिने गरी नीति बनाउन लागिएको उनले बताए । एक लाख रुपिँया शेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंकमार्फत ऋण मिलाईदिने र त्यसको साँवा व्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाइने मन्त्री शर्माले बताए ।

उनले भने,‘लगानी सम्बन्धी प्रतिवद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन्, फाराम भर्नुहोला ।’ उनले अति विपन्न परिवारलाई सहुलियत दरको शेयर उपलब्ध गराउने व्यवस्था पनि सरकारले बताए । एक कित्ता शेयरको एक सय रुपिँया पर्नेमा अति विपन्नहरुको लागि ५० रुपैंया तिरेर एक कित्ता शेयर किन्ने व्यवस्था मिलाईने उनले बताए । नेपालको पानी जनताको लगानी अन्तरतर्गत ठूला जलविद्युत आयोजनाहरुमा ३० प्रतिशत जनताको शेयर रहने नीति बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्