चन्द्रागिरी केबलकार सञ्चालनमा भाडा ७ सय



काठमाडौं ।

मंगलबारदेखि काठमाडौंको चन्द्रागिरी केबलकार सञ्चालनमा आएको छ । निर्माता कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले केबलकारको दुईतर्फी टिकटका लागि ७०० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।सोमबार चन्द्रागिरी केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरको बैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरेर केलबकार आंशिक रुपमा खुला गरिएको हो ।cablecar-960
कार्याक्रममा चन्द्रागिरी नगरपालिका, मकवानपुरकाे चित्लाङ र फाखेल गाविसका स्थानीयलाई आमन्त्रण गरिएको थियो । हिजो एकैदिनमा १० हजार भन्दा बढीले निशुलक ‘टेष्ट राइड’ गरेका थिए । काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरी उचाइ २५५१ मिटरको उचाइमा छ ।

भगवान महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरिको चुच्चुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ ।

भाल पतन भएर उत्पत्ति भएका महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख छ । भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्ति पाएका कथाहरु हाम्राधर्म ग्रन्थहरुमा उल्लेख छ ।

यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँ आकर्षक मन्दिर निर्माण गरिएको हो ।भालेश्वर महादेवको दर्शन गरेर एउटा मात्र कुराको भाकल गरे पूर्णहुने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्