सडक गुन्द्री, तन्दा र सिरक



विवेक लामा
कोटेश्वर चोकमा पुग्दा मानिसहरु आफ्नो गन्तव्यमा पुग्न तछाडँमछाडँ गरिरहेको देखिन्थे । गाडीको घुइँचो मानिसहरुको झनै घुइँचो ठेलामठेल भइरहेको देखिन्थ्यो । कुनै गाडी चढेने मेला हो कि क्या हो भन्ने भाव पनि हुन्थ्यो कोटेश्वर चोकको दृष्यलाई देख्दा । बिहानीपख भएर होला बाक्लो हुस्सुले सडक पुरै ढाकेको थियो । त्यही चिसोले ढाकेको सडकमा जाडोसँग पौठाजोरी खेल्दै कोटेश्वर चोकको बीचमै रहेको केही खाली भागमा आफूलाई न्यानोको अनुभूति खोज्ने ततखर गर्दै थिए गरिब बराहरु ! चिसो सडक के तातो होस तै पनि न्यानोको महशुस गर्न नसकेर ती बिचरा ! छटपटाइ रहेका थिए । न्यानो नहुनुको पीडा ओकली रहेका थिए ।
झर्ट हेर्दा ट्राफिक प्रहरी झै लाग्ने तर उनी ट्राफिक प्रहरी भने होइनन् । उनी सुतेको ठाउँबाट जुरुक्क उठे र नजिकै रहेका ट्राफिक प्रहरीलाई भने–जाडो छ तपाईको टियुटी म गरिदिन्छु तपाई जानुस् । उनको कुरा सुनेर छेउमै रहेका ट्राफिक पनि फिस्स हासे । उनले फेरी थपे– के म प्रहरी जस्तो लाग्दैन, के मैले लगाएको कपडा तपाईको जस्तो छैन ? प्रहरीसँग पनि जवाफ नभएर हो कि के हो उनी पनि अलमलमा परे । त्यतिकैमा उनले सिरि…..गरेर सिठ्ठी फुके । सडकमा गाडी हुइँक्याउनेहरुले एक्कासी गाडीको ब्रेक लगाए । ट्राफिक प्रहरीले केही पनि भएको छैन भनेर रोकिएका गाडीलाई अघि जान अनुरोध गरे ।
सडकको चिसो विस्तारै वढ्दै गएपछि अरु उनीसँगै सेतेकाहरु पनि उठेर आफ्नो कपडा लगाउन लागे । तल तान्दा माथि नपुग्ने माथि तान्दा तल नपुगे पनि जर्वरजस्ती ढाक्ने कोशिस गर्दै थिए उनीहरु । मलाई लाग्यो–उनीहरु सुतेको सडक नै गुन्द्री हो, पिच गरिएको सडक तन्दा हो र खुल्ला आकाश सिरक हो । त्यसैले त उनीहरु निर्वात रुपमा सडकमा निदाउन सक्दछ । ओढ्ने ओछ्याना बिना नै सडकमा निदाउन सक्छन् । जस्तोसुकै दिनरात पनि विताउन सक्छन् । गरिबीको मान पदवी पाएर उनीहरु जहिले पनि खुल्ला सडकका प्रमुख अथिति भएका छन् । सडक नै उनीहरुको साझा घरको रुपमा परिणत भएको छ । जीवनका अनगिन्ती पीडाहरु साटने राम्रो माध्यम हो सडक उनीहरुको लागि । मुहारमा चमक नदेखिए पनि जीवन बाँच्ने अथाहा सङ्घर्ष छ उनीहरुको सडक जीवनमा ।

प्रतिक्रिया दिनुहोस्