नक्सामा देखिने-भाेगिने संविधान खै ?



संविधान बनेर दुईवटा सरकार फेरिइ सक्दा पनि नेपालकाे अान्तरिक रेखाङ्कन हुन सकेकाे छैन । पुराना रेखा मेटिइसके । नयाँ रेखा काेरिएकै छैन । अन्तर देशीय रेखामा पनि कालापानी, सुस्ता-महेशपुर अादि धेरै ठाउँका धर्का मेटाइएकाे छ । प्वाल टाल्न बाँकि नै छ । “महामहिम”हरू अरु नै खुद्रा विषयमा रमाएर थै थै गरिरहनु भएकाे छ ।
यति लामाे अवधि मुलुक बिना रेखाङ्कन खाली बस्नु हुँदैन । जमिनमा रेखाङ्कन गरेर कागजकाे संविधान वनाइनु पर्थ्याे । मुलुकका डाँडा-काँडा, खाेला-नाला, भीर-पहरा, वन-जङ्गल, हिमाल-पहाड-तराई अादि कहिं पनि अान्तरिक रेखाङ्कन विना मुलुक कतिदिन चलाउने ?  अब संविधान मुलुककाे नक्सामा देखिने, भाेगिने गरि अविलम्व काेरिनु पर्दछ ।”महामहिम” पुष्पकमल दाहाल र शेरबहादुर देउवाकाे ध्यान अबिलम्व यतातिर तानिनु जरुरी भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्