विशेष दुतको भारत र चीन भ्रमण सफलः सरकार



Mantriparesadकाठमाडौं ।

सरकारले छिमेकी देश भारत र चीनमा उपप्रधानमन्त्रीद्धयले गरेको भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । सरकारको विशेष दुतको रुपमा एकै पटक उप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र उप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिले भारतमा सरकारको विशेष दुतको रुपमा भ्रमण गरेको थिए ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएपछि दुई छिमेकी देशहरुसँगको सम्बन्ध नयाँ उचाईमा उठेको निष्कर्ष निकालेको हो । बैठकको जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले विशेष दुतहरुको भारत र चीन भ्रमणले छिमेकीसँगको सम्बन्ध नयाँ उठाईमा विकसित भएको बताए । सरकारका प्राथमिकताप्रति दुवै छिमेकीले सकारात्मक चासो राखेको राखेका छन,उनले भने ।

बैठकले राष्ट्रिय बिपत् प्रतिकार्यको कार्यव्यवस्था सम्बन्धि आएको विद्येयक समितिमा पठाउने निर्णय गरेको छ । साथै बैठकले प्रधानमन्त्रीको निर्देशनमा बजार अनुगमनमा भएको प्रगतिलाई पनि अनुमोदन गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डको निर्देशन र आपूर्ति मन्त्रालयको पहलमा गरिएको संयुक्त बजार अनुगमन टोलीले कालोबजारी, कृतिम अभाव, म्याद नाघेका सामान बिक्री गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याएको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्