सवारी दुर्घटना भए अब चालकको लाइसेन्स खारेज



काठमाडौं ।
एक महिनाको अवधिमा देशका विभिन्न स्थानमा ७० जना भन्दा बढीको ज्यान जाने गरी सवारी दुर्घटना भएपछि सरकारले चालको लापरवाहीको कारण सवारी दुर्घटनामा याात्रुको मृत्यु भए चालको लाइसेन्स सदाको लागि रद्द हुने भएको छ । दिनहुँ सवारी दुर्घटना बढ्दै गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्युनिकरण गर्नको लागि यस्तो कदम चालेको हो ।

bus

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको निर्णय गर्दै सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको बताएका छन् । नियमावलीको प्रस्तावित व्यवस्था अनुसार यात्रुवाहक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोकेमा चालकको लाइसेन्स ६ महिना रद्द र रुट परमिट खारेज हुनेछ ।

रुट इजाजत नलिएको बाटोमा सवारी चलाएमा चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन हुनेछ । प्रस्तावित नियमावलीको व्यवस्थाअनुसार लामो रुटमा ६÷६ घन्टामा चालक परिवर्तन गर्नुपर्नेछ। सडकको अवस्था सुधार नहुनु, चालकको लापरबाही हुनु र सवारीको गुणस्तर नहुनुले दुर्घटना बढेको भन्दै न्यूनीकरणका लागि आवश्यक मापदण्ड तयार गर्ने सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्