आज प्रचण्ड-मोदी भेट, यी हुन् वार्ताका एजेन्डा



३१ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । प्रचण्डले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता तय भएको छ  ।prachandamodi-621x414

भारतीय समयअनुसार बिहान ११:३० देखि १२ बजेसम्म हुने सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता तय भएको छ।भारतीय विदेश मन्त्रालयको कार्यतालिकाअनुसार १ देखि १:१० बजेसम्म हैदराबाद हाउसको बल रुममा दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुनेछ। त्यसपछिको २० मिनेट प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन हुनेछ, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले सम्बोधन गर्नेछन्।

दुई प्रधानमन्त्रीबीच छलफलका विषय

  • पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना विवरणलाई अन्तिम रूप दिइने, जो वर्षौंदेखि रोकिएको छ
  • महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना
  • ढल्केबर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिवृद्धि, हेटौँडामा विद्युत् सबस्टेसन स्थापना
  • गोरखपुर–भैरहवा प्रसारण लाइन
  • बंगलादेशबाट पारवहन सुविधा गर्ने विषयमा पनि छलफल हुने
  • विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने विषय
  • नेपाली कृषिजन्य उत्पादनलाई भारतमा लैजान सहजीकरण
  • ऊर्जा व्यापार सम्झौताको प्रोटोकल
  • गौरीफन्टा नाकाको स्तरोन्नति
  • कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना
  • दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा पनि छलफल
  • हुलाकी राजमार्गको दोस्रो चरण निर्माण
  • एकीकृत जाँच चौकीहरू निर्माण
  • नेपालको व्यापार घाटा कम गर्ने विषय
  • नेपाल प्रहरी एकेडेमी निर्माण

प्रतिक्रिया दिनुहोस्