११ करोडमा बन्यो रामेछापको सित्खामा १ सय ५० मिटरको पुल



१९ असोज, रामेछाप ।
रामेछाप–सिन्धुली जोडने भीरपानीस्थित सित्खाको पुल निर्माण कार्य सम्पन्न भएको छ । छ बर्षको अवधिमा सित्खाका पुल निर्माण गर्न सम्पन्न भएको हो । ११ करोड रुपैयाँ लागयतमा निर्माण भएको पुलको लम्बाई १ सय ५० मिटर रहेको छ ।pull-4-jpg-4

सरकारले रामेछाप क्षेत्र नम्बर २ का बासिन्दालाई सहज रुपमा यातायात सेवा उपलब्ध गराउनको लागि २०६७÷०७८ सालबाट पुल निर्माणको कार्य अगाडि बढाएको थियो । चार बर्षमा निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्का भएपनि पुल निर्माण गर्न सरकारले म्याद थप गरिएको थियो ।

पुल निर्माणको ठेक्का पाएको शर्मा एण्ड कम्पनीले दुई बर्षपछि पुल निर्माणको काम सम्पन्न भएको गरेको छ । पुल योजना मध्य क्षेत्र सेक्टर नम्बर २ का इन्जिीनियर रमेश सुवेदीले पुल निर्माणको कार्य पूर्ण रुपमा सम्पन्न भएपनि वारी पारीकोको बाटो निर्माण गर्नको लागि अझै दुई महिना लाग्ने बताए ।

उनले रामेछापज्युजसँग भने,‘पुल निर्माण सम्पन्न भएको छ, अहिले साना सवारी साधान सञ्चालन गर्न मिल्छ, ठूलो बस चलाउन मिल्दैन, अबको दुई महिनापछि बस गुडान मिल्छ ।’ उनले पुलमा एकैपटक दुईतर्फी सवारी साधन सञ्चालन गर्न मिल्ने बताए ।

पुल निर्माणको काम सम्पन्न भएपछि हाल सित्खाको पुलबाट टाटासुमो, कार मोटरसाइकल लगायतका सवारी साधनहरु ओहोर दोहोर गर्न थालेका छन् । पुल निर्माण भएपनि रामेछापका झण्डै १० गाविसका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । विगतको दशैमा सुनकोसी तरेर घर जानु पर्ने बाँध्यता रामेछापबासीको लागि हटेको छ । यस पटक भने सिधै राजधानी काठमाडौंबाट रामेछाप आउन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्