नेपालको संविधान भारतीय राष्ट्रपति मुखर्जीद्धारा स्वागत



१७ कातिक, काठमाडौं ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको संविधानको स्वागत गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएकै दिन बुधबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्तामा मुखर्जीले नेपालको संविधान बनेकोमा यसको स्वागत गरेका हुन् । भेटका क्रममा भारतीय राष्ट्रपति मुखर्जीले संविधान बनेकोमा राष्ट्रपति भण्डारी र नेपाली जनतालाई धन्यवाद दिएको शीतल निवासले जनाएको छ ।

bidhya-and-mukharji-jpg-11-jpg-2

मुखर्जीले समकक्षी विद्यादेवी भण्डारीलाई भारत भ्रमणको निम्तोसमेत दिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । उनका अनुसार भेटका अवसरमा भूकम्पपछिको पुनर्निर्माण, जलविद्युत आयोजना एवं नेपाल भारत सम्बन्धका बहुआयामिक पक्षमा कुराकानी भएको थियो । संविधान जारी भएएपछि संविधानसँग असन्तुष्टि जनाउदै भारगत एक बर्ष अघि नेपालमाथि नाकाबन्दी गरेको थियो ।

भारतीय राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि औपचारिक भेटवार्ता गरेका छन् । बुधवार साँझ हायत होटलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति मुखर्जीबीच दुई देशको हित र आगामी दिनमा दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउने बारेमा छलफल भएको थियो । भारतबाट मुखर्जी राष्ट्रपतिको हैसियतमा १८ बर्षपछि नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्