दुखमा केहि सहयोग गरौं



रामेछाप कुभुकास्थली -७ निबासी पदम सुनुवार भाइ घरको छानोबाट खसेर मेरुदण्डमा ठुलो असर परि कम्मरदेखी तलको भाग चल्दैन।यतिखेर उहाँ बिरहस्पिटलमा उपचार गराइ रहनु भएको छ।आर्थिक अवस्था कम्जोर भएको कारण समयमा उहाँको अप्रेसन हुन सकेको थिएन।एउटा युबा केहि गरौ भन्ने जोस र जागर हुने उमेरमा आधा अङ्गले नै काम नगर्दा उनको पिडा त कल्पना पनि गर्न सकिन्न।

भाइ पदमको यो दुखमा केहि सहयोग गरौं भन्ने म मेरो अनुरोधमा साथ दिएर आफुले सकेको सहयोग गर्नु हुने भाबना रुपि महानुभाबहरुप्रती भाइ पदमले आभार व्यक्त गर्नु भएको छ।हामीबाट सङ्कलन भएको एकमुष्ट रु२४0२१ (चौबीस हजार एक्काइस रुपैयाँ) म मार्फत भाइ पदम लाइ हस्तान्तरण भएको छ।भाइको मंगलबार २३ गते अप्रेसन हुदैछ।भाइको स्वास्थ्य लाभको पनि कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्