रामेछापमा स्थानीय तह निर्धारणको विरोध कायमै



१५ मंसिर,रामेछाप ।
रामेछापका राजनीतिक दलका प्रतिनिधिहरुले सहमति गरेको सिमाकंन र केन्द्र निर्धारणप्रति जिल्लाका विभिन्न गाविसका बासिन्दाहरुले विरोध जनाउने क्रम बढेको छ । राजनीतिक दल र जिल्ला प्राविधिक समितिले रामेछाप जिल्लामा ८ स्थानीय तह बनाउने गरी राज्य पुर्नसंरचना समितिलाई बुझाएको प्रतिवेदनप्रति सहमति जनाउदै दैनिक रुपमा जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाउने क्रम बढेको हो ।

स्थानीय तह निर्धारणमा गरिएको सिमाकंनमा चित्त नबुझेको भन्दै जिल्ला विकास समिमित रामेछाप र काठमाडौस्थिति पुनसंरचना आयोगमा उजुरी तथा गुनासो दर्ता भएको थियो । आयोगले त्यसलाई सच्याएर पठाउन पुनः जिल्लामा फिर्ता पठाएपछि पहिलाको निर्णयलाई सच्चयाउन माग गर्दै मन्थलीमा प्रदर्शनमै उत्रिएका छन् ।

पकरवास, दोरम्बा, चिसापानी तिल्पुङ लगायतका बासिन्दाले स्थानीय तह पुर्नसंरचना वैज्ञानिक नभएको भन्दै सच्याउन माग गरेका छन् । स्थानीय तहपुर्नसंरचना प्राविधिक समिति रामेछाप र जिल्लाका राजनैतिक दलहरुले गरेको निर्णयको विरोधमा तिल्पुङ गाविसका बासिन्दाले सदरमुकाम मन्थलीमा बुधबार प्रदर्शन गरेका छन् । उनीहरुले तिल्पुङ गाविसलाई नटुक्राई मन्थली नगरपालिकामा समावेस गर्नुपर्ने माग राखेका छन् । उनीहरुले मन्थलीमा बुधबार ¥याली निकाली स्थानीय तहपुर्नसंरचना प्राविधिक समिती रामेछापका संयोजक एवं स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई हस्ताक्षर सहितको ज्ञापनपत्र पनी बुझाएका छन् ।

स्थानीय तहपुर्नसंरचना प्राविधिक समिति रामेछापका संयोजक एवं स्थानीय विकास ramechhap-mapa-1अधिकारी दिनेशराज पन्तले हेरफेरका लागि जिल्ला पठाएको स्थानीय तह पुर्नसंचनाको प्रतिवेदनमा सहमति जुटाउने प्रयास भइरहेको बताए । उनले सकेसम्म जनताको गुनासोहरुको सम्बोधन गरेर सहमतिको प्रयास गर्ने बताए । दलहरुबीच सहमति हुन नसके यसअघि पठाएको स्थानीय पुर्नसंरचनालाई कायम राखी जनताको गुनासोलाई जस्ताको तस्तै आयोगमा पठाउने तयारी प्राविधिक समितिले गरेको छ ।

रामेछाप ८ स्थानीय तह बनाउने निर्णयप्रति ६ गाविसका बासिन्दा आन्दोलित भएका छन् । खिम्ती, तिलपुङ, दोरम्बा, पिङखुरी, पकरवास र गोठगाउँका बासिन्दाहरुले केन्द्र निर्धारण वैज्ञानिक नभएको भन्दै हाल कायम गरिएको केन्द्र निर्धारण सच्याउन माग गरेका छन् । गोठगाउँ गाविसका बासिन्दाले धोवी केन्द्रमा जान पाउनु पर्ने माग गरेका छन् । गोठगाउँ गाविसलाई हाल रामेछाप केन्द्र अन्तर्गत राखिएको छ ।

तिल्पुङ गाविसका बासिन्दाले सके खिम्ती केन्द्र नभए मन्थली केन्द्र हुनुपर्ने माग गरेका छन् । धोवी केन्द्र आफूहरुलाई अपाएक पर्ने माग गरेका छन् । दोरम्बा गाविसका बासिन्दाहरुले भने दोरम्बाको मानेडाँडालाई नै केन्द्र बनाउनु पर्ने माग राख्दै विरोधमा उत्रिएका छन् । सैलुङ्गदोरम्बाको गाउँपालिको केन्द्र टोकरपुरको थामथौर नभई दोरम्बा नै हुनुपर्ने भन्दै आन्दोलित भएका छन् ।
रामेछाप जिल्लामा स्थानीय तहको सिमाङ्कन र केन्द्र निर्धाणको विषयमा जिल्लाका राजनीतिक दलहरुले गरेको सहमतिप्रति दैनिक रुपमा विरोध हुने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्