गाल्वामा हिउ खेल्नेको भिड (फोटो फिचर)



१८ पुस,रामेछाप ।
दुइ दिनदेखिको बर्षाको कारण रामेछापको उच्च क्षेत्रमा हिमपात हुने क्रम चलेको छ । जिल्लाका उत्तरी क्षेत्र र पश्चिमी क्षेत्रमा हिमपात भएको छ । पश्चिम क्षेत्रको गौश्वारा, दोरम्बा, दिपीपाखरीको गाल्वा, खाँडादेवी लगायतको गाविसमा हिमपात भएको छ ।

हिमपातसँगै गाल्वामा हिऊ हेल्नेहरुको भीड लागेको छ । हिमपातको कारण यातायात आवत जावतमा समेत समस्या भएको गाल्वाका व्यावसायी कुलबहादुर थिङले बताए । उनले भने,–हिऊ पर्ने क्रम बढेको छ हिऊ खेल्नेहरुको संख्या पनि बढेको छ ।’

रामेछापका उच्च क्षेत्रमा हिऊ पर्दा जनजीवन पनि कष्टकर हुँदै गएको उनले बताए । हिमपातको कारण सबै भन्दा बढी भुकम्प पीडितहरु मर्कामा परेका छन् । हिमपातबाट सबै भन्दा बढी बालबालिका र बुढाबुढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्