संसदमा संविधान संशोधन विधेयक पेस भएपछि सांसदको तानातान



२४ पुस, काठमाडौं ।
सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेपछि सांसदहरुको तानातान सुरु भएको छ । संविधान संशोधन विधेयक दुई तिहाइबाट पास गर्नको लागि सत्ता पक्ष र प्रतिपक्ष दलले संसदमा रहेका सांसदहलाई आफ्नो पक्षमा बहुमति पुर्याउने दौडधुपमा लागेका हुन् ।

संसदमा हाल ५९४ जना सांसद छन् । जस अनुसार संविधान संशोधन विधेयक दुई तिहाई बहुमतले पारित गर्नको लागि ३९८ जना सांसद चाहिन्छ । सत्तारुढ दल कांग्रेस माओवादी राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चा सहितको गरी ३९३ जना सांसद छन् ।

प्रमुख प्रतिपक्ष दल एमाले सहितको नौ दलको विपक्षी गठबन्धमा २०१ जना सांसद रहेका छन् । अहिलेको अवस्थामा संविधान संशोधन विधेयक पास गराउनको लागि सरकारलाई पाँच जना सांसको आवश्यता रहेको छ । तर प्रतिपक्ष दल एमालेले अहिले कायम रहेका सांसदलाई जोगाउन सके विधेयक पास गर्नको लागि कठिनाई हुनेछ ।

सरकारले विधेयक पास गराउने दावी गरेको छ भने प्रतिपक्ष दल एमालेले गलत तरिकाले पेस गरेको विधेयक कुनै पनि हालतमा पारित गर्न नदिने अडान लिएको छ । सरकारले निर्वाचन सम्बन्धि विधेयक पेस गर्ने भनेर चलाखीपूर्ण ढंगले संविधान संशोधन विधेयक पेस गरेको भन्दै प्रतिपक्ष दल एमालेले सभामुख ओनसरी घर्तीको चर्को आलोचना गरेको छ । विधेयक पेस भएसँगै एमालेले चालिस दिनदेखि अबरुद्ध संसद खुलेको छ । सरकारले संविधान विधेयक पारित गरेर सरकार विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्