रामेछापका सबै गाविसमा मोटरबाटो पुग्यो



५ माघ, रामेछाप ।
रामेछाप जिल्लाको सबै गाविसहरुमा मोटरबाटो पुगेको छ । विकासको दृष्टिकोणले पछाडि परेको रामेछापका सबै गाविस अब सडक सञ्जालले जोडिएको छ । जिल्लाको अन्तिम सडक पुग्ने दुरागाउँ गाविस परेको छ । जिल्लाको २ नगरपालिका सहित ४५ गाविस छन् ।

जिल्ला विकास समिति रामेछापको अनुसार जिल्लामा हाल १२ सय किलोमिटर सडक निर्माण भएको छ । जिल्लामा सडक सञ्जाल जोडिएपछि गौश्वारा र दुरागाउमा सवारी यातायातामा भने अझै कठिनाई रहेको छ । रामेछाप जिल्लामा दोलखा र रामेछापको सीमाना खिम्तीदेखि रामेछाप र सिन्धुलीको खर्कोटसम्म झण्डै ३५ किलो मिटर सडक मात्र पिच रहेको छ । बाँकी सबै सडक कच्ची नै रहेको छ ।

जिल्लालाई अहिले राजधानी काठमाडौंसँग जोडनको लागि सुनकोसी र तामाकोशी नदीमा पक्की पुल निर्माण भएपनि सडकको स्तरउन्ततीको काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन् । गाविसमा पुगेको सडक टोलटोलमा पुगेको जिविस रामेछापका सूचना अधिकृत दिपक प्रसाद सुवेदीले बताए । उनले जिविसले हाल ३४ वटा सडकलाई मात्र प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ती सडकको स्तरउन्नतीको लागि यस बर्ष झण्डै २ करोड रुपैयाँ विनियोजन भएको सुवेदीले बताए ।

रामेछापका सवै गाविसमा सडक सञ्जालले जोडने अन्त्मि गाविस दुरागाउँ बनेको छ । रामेछापको सबै गाविसमा सडक पुगेपछि खुसीयाली छाएको छ । जिल्लामा सडकका हिसावले पछि रहेको क्षेत्र नं १ को दुरागाउँ गाविसमा गाडी पुगेको छ । दुई हप्ता अगाडि गाउँमा गाडी पुगेपछि स्थानियवासी निकै हर्षित भएका छन् ।

दुरागाउँको त्रिपुरेश्वर उच्च माध्यमिक विद्यालयको प्राङ्णमा सडक पुगेपछि रामेछापका सवै स्थानमा सडक पुगेको छ । १० बर्ष अगाडि नै दुरागाउँ–२ मा सडकले छोएपनि गाविस भवन भएको स्थानसम्म गाडी पुग्न सकेको थिएन ।
तुलनात्मक रुपमा भैगोलिक अवस्थिति केही विकट रहेको जिल्लाको उत्तरी क्षेत्रमा सडकको सञ्जालले छोएपनि यो हिउँदको समयका लागिमात्र हुनेछ । दुरागाउँका शिक्ष्क योमन कुमार सुनुवारले सडक आउनु खुसीको विषय भएपनि हिउद बर्षा नै चल्न सक्ने बनाउनु मुखय कुरा रहेको बताए ।

सडकको ट्रयाक पुगेपछि स्थानीय व्यापारीले ट्रयाक्टरवाट सामाग्रीको ढुवानी गर्न थालेका छन् । त्यस्तै गतसालको विनाशकारी भूकम्पमा सवैभन्दा धेरै क्षति भएको दुरागाउँमा भूकम्प पिडितले पुननिर्माणका लागि चाहिने सामाग्रीको ढुवानी पनि सहज हुने भएको उनले बताए । रामेछाप जिल्लमा हाल बर्षको सयमा मुस्किलले ६ सय किलोमिटर सडक मात्र सञ्चालन गर्ने मिल्ने अवस्थाका छन् ।

प्रतिक्रिया दिनुहोस्