रामेछापमा १७ वटा राजनीतिक दल दर्ता (सूचि सहित)



२३ माघ, रामेछाप ।
रामेछाप जिल्लामा १७ वटा राजनीतिक पार्टीहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने भएका छन् । १७ वटा राजनीतिक पार्टीहरुले स्थानीय निकायको निर्वाचनमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय रामेछापले बताएको छ ।

निर्वाचन आयोगले सबै जिल्लामा राजनीतिक दल सम्बन्धि विवरण अध्यावधिक गर्न माघ १७ गतेको समयसीमा निर्धारण थियो । १७ वटा राजनीतिक दलहरुले आफ्नो बिवरण अध्यावधिक गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापका सूचना अधिकारी रामहरि केसीले रामेछाप न्युजलाई बताए ।

केसीका अनुसार सबै भन्दा पहिले नेपाली कांग्रेसले दर्ता गराएको र त्यसपछि क्रमश, नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी,देशभक्त पर्यावरणिय सामाजिक मोर्चा,नेपाल कम्युनिष्ट पार्टी माले, संघीय समाजवादी फोरम नेपालले पार्टी अध्यावधिक गराएका थिए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति नेपाल,लीबरल डेमोक्रेटिक पार्टी, नेपाल दलित पार्टी, सांस्कतिक जनमोर्चा पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले समाजवादी), देशभक्त समाज पार्टी र दलित जनजाति पार्टीले दल दर्ता गराएको सूचना अधिकारी केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्