दलितले मन्दिर प्रवेश गर्न नहुने कुन शास्त्रमा छ ?



विज्ञान र प्रविधि युगमा पनि मानिसहरुको मानसिकता किन परिवर्तन हुन सकिरहको छैन ? समाजमा छुवाछुत गर्नु जघन्न अपराध नै हो भनेर संविधानमै व्यवस्था गरिएको छ । कुनै पनि बहानामा छुवाछुत गर्न पाइदैन । तर पाँच हजार रुपैयाँ जरिवाना गराएर पुजारी भनौदाहरुले मन्दिरमा रुद्री लगाएर चोख्याए छन् ।

दलितले मन्दिरमा पूजा गर्दा वा प्रवेश गर्दा अपवित्र हुन्छ भनेर हिन्दु धर्मको कुन शास्त्रमा लेखिएको पुजारी महोदय ? आफूलाई अल्बल उच्च जात सम्झिने पुजारी महोदय दलित अछुत हुँदैन । पैसाले चोख्याउने तिम्रो कस्ता भगवान रहेछन ? सोझो गरिब दलितको छोरालाई मन्दिर पसेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना लिने अधिकार तिमीहरुलाई कसले दियो ?

नैतिक पतन भएका हरामीहरु । समाजमा लाज सरम पचेपछि जे गर्दा पनि हुन्छ ? स्याललाई काल आयो भने बजार पस्छ भनेझै तिमीहरुले गरेको पापको पनि अब फैसला हुने नै छ । यसको हिसाब किताब अब समाज र कानुनले गर्नेछ । दोषी पुजारीमाथि कडा भन्दा कडा कारवाही होस ।

प्रतिक्रिया दिनुहोस्