अबरुद्ध बिपि राजमार्ग सुचारु, रुट परपिट बिनाका सवारी नचलाउन निर्देशन



९ फागुन, सिन्धुली ।
नेपालकै नमूना सडकको रुपमा पहिचान बनाएको बिपि राजमार्ग निर्माण सम्पन्न भएको १ बर्ष सात महिना नबित्दै भत्किएको छ । त्यो पनि बर्षाको समयमा नभई हिउदको समयमा । जापान सरकारको सहयोगमा हाज्मा ताईसे कम्पनीले निर्माण गरेको नमुना सडक भत्किएको हो । विपी रामजमार्गको खुर्कोट–नेपालथोक सडकखण्ड अन्तरर्गत सिन्धुलीको सितलपाटी –९ बेनिघाट खाल्टेमा पहिरो जाँदा राजमार्गमा यातायात सोमबार दिनभर अबरुद्ध भयो । बिपि राजमार्गलाई राजधानी काठमाडौबाट पूर्वी तराई जेड्ने बैकल्पिक राजमार्गको सञ्चालन हुँदै आएको छ । सिन्धुलीको खुर्कोटबाट काठमाडौं १ सय ५० किलोमिटर रहेको छ ।

आइतवार राती झण्डै २७ मिटर सडकमा सुख्खा पहिरो गई सुनकोसीमा झरेको छ । करिब २७ मिटर सडक भत्किदा करिब १ करोड बराबरको क्षेति भएको सूर्यविनायक–वनेपा–सिन्धुली–वर्दिवास सडक आयोजनाले बताएको छ ।
जापान सरकारको अनुदान सहयोगमा २०५२ सालबाट निर्माण सुरु गरिएको बिपि राजमार्ग २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सुनकोसी किनारबाट करिब १२ मिटर अग्लो रिटनिङवाल र तार जाली लगाएको र सो रिटनिङवाल भुकम्पको धक्काले चिरा परेकोले पहिरो गएको हुन सक्ने आयोजनाका प्रमुख इन्जिनियर शिला श्रेष्ठले बताइन ।
सोही स्थानबाट बाटो नर्माण गर्न फेरी करिब २० मिटर तलबाट पर्खाल गलाउनुपर्ने आयोजनाले बताएको छ । माटो परीक्षण गरेर मात्र सोही स्थानबाट सडक सञ्चालन गर्न मिल्ने नमिल्ने टुंगो लाग्ने बतायएको छ । आयोजनाका अनुसार जाईकाको प्राविधिक टोली आई सकेकोले परीक्षणको काम चाडै थालिने छ । हाल भत्किएको सडक पुननिर्माणको गर्न कम्तिमा ६ महिना लाग्ने बताएको छ ।
बिपि राजमार्ग सिन्धुलीबाट महाभारत हुदै सुनकोसीको तिरैतिर अधिकांश सडक भिरमा निर्माण गरिएको छ । सबै स्थानमा तलबबाट पर्खाल लगाएर निर्माण गरिएको छ । सडक निर्माणको क्रममा सबै स्थानमा सिमेन्ट र तार जालीको पर्खाल भएकोले अन्य स्थानमा पनि भुकम्पले क्षेतिपु¥याएको हुन सक्ने र अनुसन्धान थाल्ने आयोजनाले बताएको छ ।

तत्काल यातायात सञ्चालनको लागि नयाँ अस्थायी बाटो निर्माण गरेर बेलुका ६ बजेबाट बाटोमा अलपत्र परेका गाडीहरु गन्तव्य तर्फ पठाईएको प्रमुख जिल्ला अधिकारी तारबहादुर कार्कीले बताए । आयोजनाको दुई ओटा स्काभेटरले सोमबार विहानदेखि साँझसम्म अस्थायी ट्याक खोल्ने काम गरेको उनले जानकारी दिए । करिब पन्ध्र सय मिटर अस्थायी ट्रयाक खोलेर यातायात सञ्चालन गरेको आयोजनाले बताएको छ । यातायत सञ्चालनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सडकका कर्मचारी खटिएको प्रजिअ कार्कीले बताए ।
साना सवारी साधनको लागि मात्र अस्थायी रुपमा सञ्चालन गर्नका लागि स्थायी ट्याक खोलिएकोले ठूला सवारी साधन तथा रुटपर्मिट विनाका सावारी साधनलाई प्रतिबन्द्ध लगाउन सुरक्षा निकायलाई निर्देशन दिएका छौ, प्रजिअ कार्कीले भने ।
बिपि राजमार्ग हुँद्यै दैनिक सिन्धुली रामेछाप, ओखलढुङगा, उदयपुर, खोटाङ लगायतका पूर्वका जिल्ला तथा तराईका जिल्लाहरुबाट करिब ३ हजारको संख्यामा सवारी साधन आवतजावत गर्ने गरेको जिल्ला ट्राफक प्रहरी कार्याल सिन्धुलीका प्रमुख प्रहरी नायव निरिक्षक चन्द्रफाजु श्रेष्ठले बताए । पहिरोको कारण सडक भत्किएपछि बिहान काठमाडौंका लागि छुटेका सवारी साधन रामेछाप र दोलखा हुँदै राजधानी प्रवेश गरेका थिए । साँझ ६ बजेबाट बिपि राजमार्गमा अस्थायी ट्रयाक खन्ने कार्य सम्पन्न भए लगत्तै सवारी साधन सुरुचारु भएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्