विदेशीलाई यो पनि थाहा छ



नेपालका नेताहरु एकले अर्काको खुल्ला रुपमा आरोप प्रत्यारोप मात्रै होइन खुल्लै रुपमा एक राजनैतिक दलका नेताहरुमाथि अर्को दलका कार्यकर्ताहरुले ढुंगा मुडा र हत्या हिँसा साथै गोली हान्नेसम्म भए पछि विदेशीले नेपालमाथि थिचोमिचो,सीमा अतिक्रमण र नेपालभित्र पसेर हत्या हिँसा गरिरहेका छन् ।

विदेशीलाई यो थाहा छ कि यिनीहरु आपसमा मिल्दैनन् जे गरे पनि हुन्छ । नेपालका नेताहरुलाई न त त्यसको प्रतिकार गर्ने क्षमता,बिबेक,आँट छ न नेपाल र नेपाली जनताप्रति उत्तरदायी नै छन् । सन्दर्भ कन्चनपुरको घटना जहाँ फेरि एकजना नेपालीले ज्यान गुमाएका छन् । सरकार मौन छ ।

प्रतिक्रिया दिनुहोस्