राजनीतिक दलले टिकट दिदा ध्यान दिनु पर्ने पाँच कुरा



१. एक पटक अवसर पाइसकेकालाई सोध्नुस सोही पदमा किन ? उसको क्षमता अघिल्लो कार्यकालमा प्रयोग भैसक्यो ।

२. २० वर्षसम्म वेपत्ता भएर हाल हातमा सर्टिफिकेट लिएर टिकट माग्न आएकालाई भनिदिनुस तिमीलाई विशेषज्ञको रुपमा सल्लाहकार राखौंला ।
३. भर्खरै जागिरबाट रिटायर्ड भएर टिकट माग्न आएकालाई भनिदिनुस ५ वर्ष विना पद जनताको सेवा गर्नुस अर्को पटक सोचौंला ।
४. टिकटको लागी वार्गेनिङ गरेर आएको नव प्रवेशीलाई भन्दिनुस तपाईको सक्रियताको मुल्याङ्कन यो पटकको चुनावमा मात्र हुनेछ, विना टिकट सक्रियता देखाउनुहोस् ।
५. २० वर्षसम्म नयाँ घरको मज्जा चाखेर पुरानै घरमा फर्कियौं भन्नेहरुलाई भन्दिनुस थाक्नु भएको होला यो ५ वर्ष विना पद नै आराम गर्नुस् ।
स्थानीय तहमा सेवा गर्ने पहिलो अधिकार उस्को हो जसले यो २० वर्ष जनताकै बीचमा रहेर जनताको सेवा गर्यो ।

प्रतिक्रिया दिनुहोस्