रामेछापबाट गुमेको भूमि फिर्ता हुन्छः प्रजिअ खत्री



३० चैत्र, रामेछाप ।
समयमा नै रामेछाप जिल्लाको सीमाना किटान गर्न नसक्दा दोलखा र सोलुखुम्बु जिल्लामा परेको भूमि फिर्ता गराउन जिल्ला प्रशासन कर्यालय रामेछापले पहल थालेको छ । रामेछाप जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोलुखुम्बु जिल्लासँग सीमाना जोडिएको गुम्देल, चुचुरे र सैलुङको भूमि फिर्ता गराउन प्रशासनले गृहकार्य अगाडि बढाएको हो ।

गृह मन्त्रालय र भूमिसुधार मन्त्रालयसँग समन्वय भइरहेको बताउदै प्रमुख जिल्ला अधिकार सूर्यबहादुर खत्रीले विगतमा रामेछापकै रहेको भुमि फिर्ता ल्याउन पहल अगाडि बढाएको रामेछाप न्युजलाई बताए । जिल्लाको पर्यटकीय क्षेत्र चुचुरेको ठूलो भूभाग पनि तत्कालिन राष्ट्रिय पञ्चायतको अध्यक्ष हुँदा नवराज सुवेदीले दोलखा जिल्लामा हालेको रामेछाप क्षेत्र नम्बर २ सांसद आङटावा शेर्पाले बताए । उनले रामेछाप न्युजसँग भने,‘धेरै बर्षदेखि दोलखा र सोलुखुम्बु जिल्लाले रामेछापपको सीमाना मिचेको विषयमा गृह मन्त्रालयमा पटक–पटक पहल गर्दा पनि सुनुवाई भएको छैन, अझै पहल गरिरहेका छु ।’
त्यसैगरी जिल्लाका प्रशासकहरुले बलैमा सचेत नहुँदा जिल्लाले दुई वटा महत्वपूर्ण प्रयटकीय क्षेत्र दोखला जिल्लाले आफ्नो भएको दावी गर्दै आएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोलखा र रामेछापको सीमाना क्षेत्रमा रहेको जट्टापोखरी, पाँचपोखरी क्षेत्र विसं २०३४ सालभन्दा अगाडि रामेछापकै रहेको तथ्याङक रहेको छ । त्यस्तै क्षेत्र नं २ को शैलुङ (हालको दोलखा)को आधाभन्दा धेरै भाग दोलखाले आफ्नो जिल्लामा ल्याएको थियो । पर्यटकीय स्थल सैलुङ २०३४ साल अघि रामेछापको नाममा नापी रहेको थियो ।

गुमेको भुमि फिर्ता हुन्छः प्रजिअ खत्री
बिगतमा रामेछाप मालपोत कार्यालयमा नापी भएका कतिपय क्षेत्र दोलखामा हालिएको छ । सोलुखुम्वुले आफ्नो भनेर दाबि गरेको छ । जिल्ला नै अलग हुने गरी नापी भएका भुमिका बिषयमा प्रशासनले गृहकार्य गरिरहेको छ । रामेछापको गुम्देल गाबिसको वडा सोलुखुम्वुमा परेको कुरा यथार्थ हो । यस बिषयमा प्रतिक्रियागत रुपमा गृह मन्त्रालयलाई जानकारी गराइ सकिएको छ । सो क्षेत्र २०३४ सालमा रामेछापको नै भएको भनेर राजपत्रमा प्रकाशन भएको छ । अर्को निर्णय भएको छैन । त्यसैले त्यो ठाउँ रामेछापकै हो । प्रशासनले फिर्ता ल्याउन गृहकार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्