रामेछापमा एमालेले छान्यो २५ वडा अध्यक्ष, मेयर र प्रमुख बन्न हानाथाप



५ वैशाख, रामेछाप ।

नेकपा एमाले रामेछापले उम्मेदवार छनोटलाई तिब्रता दिएको छ । एमालेले ६ गाउँपालिका र २ नगरपालिकामा प्रमुख र वडा अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । जिल्ला कमिटीका एक सदस्यका अनुसार एमालेले हालसम्म २५ वटा वडामा अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । वैशाख ७ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाउने गरी एमालेले गाउँपालिका र नगरपालिकामा आन्तरिक छलफल तीब्र बनाएको छ ।

लिुख गाउँपालिकामा गोविन्द बहादुर खडका प्रमुख, उप–प्रमुखमा दिपशिखा दाहाललाई सर्वसम्मत उम्मेदवार बनाएको एमालेले वडा अध्यक्षहरुमा पनि सर्वसम्मत बनाउने नीति लिएको छ । सकेसम्म गाउँपालिका र नगरपालिकाबाटै उम्मेदवारको टुंगो लगाउने रणनीति एमालेले बनाएको छ ।

उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्तीबाट भरत कार्की, वडा नम्बर ३ प्रितिबाट भोजबहादुर सुनुवार, वडा नम्बर ४ बाट केबलराम बस्नेत, वडा नम्बर ६ गुप्तेश्वरबाट कृष्णकुमार सुनुवार र वडा नम्बर ७ भुजीबाट रुद्रमणि नेवार सर्वसम्मत अध्यक्षको उम्मेदवार घोषित भएका छन् ।


त्यसैगरी गोकुलगंगा गाउँपालिका–१ चुचुरेबाट खगेन्द्र खडका, वडा नम्बर ४ बेतालीबाट लिलाबहादुर कार्की, वडा नम्बर ५ नामाडीबाट बलराम खड्का र वडा नम्बर ६ फर्पुबाट सूर्य तामाङलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । लिखु गाउँपालिका–१ दुरागाउँबाट निङमार तामाङ, वडा नम्बर ४ बिजुलीकोटबाट ढुण्डिराज तिम्लिसेना, वडा नम्बर ५ नागदहबाट सोमबहादुर तामाङ, वडा नम्बर ७ तिल्पुङबाट सुवास बोहरा वडा अध्यक्षको उम्मेदवार छनोट भएका छन् ।

त्यसैगरी एमालेले रामेछाप नगरपालिका–१ गोठगाउँबाट नरबहादुर थापा, वडा नम्बर २ देउरालीबाट विनोद कार्की, वडा नम्बर ३ साँघुटारबाट भुपाल श्रेष्ठ, वडा नम्बर ५ रामपुरबाट कुमार बाुबु श्रेष्ठ वडा अध्यक्षको उम्मेदवार चयन भएका छन् ।
एमालेले मन्थली नगरपालिका पनि केही वडा अध्यक्षहरुको टुंगो लगाएको छ । मन्थली नगरपालिका– १ बाट उज्जवल सुवेदी, वडा नम्बर २ बाट सुरेन्द्र कार्की वडा नम्बर ३ बाट यमबहादुर थापा, वडा नम्बर ४ बाट भिमबहादुर श्रेष्ठ र वडा नम्बर १४ बाट मोती तामाङ सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार घोषणा भइसकेका छन् । खाडाँदेवी गाउँपालिकाको वडा नम्बर ६ माकादुमबाट पुष्कर कार्की सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार भएका छन भने सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानबाट रामबाबु पाण्डेलाई वडा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको छ । दोरम्बा गाउँपालिकाबाट भने एमालेले वडा नम्बर ४ गौश्वाराबाट धनबहादुर नगरकोटीलाई सर्वसम्त वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
मन्थली र रामेछाप नगरपालिकामा उम्मेदवारको आकांक्षी धेरै हुँदा एमालेले मेयरमा कसलाई उम्मेदवार बनाउने भन्ने अन्यौल सृजना भएको छ । त्यसैगरी खाडाँदेवी गाउँपालिका, दोरम्बा गाउँपालिका, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा पनि कसलाई प्रमुख बनाउने भन्ने विषयमा एमालेले आन्तरिक गृहकार्य थालेको छ ।
गाउँपालिकाको प्रमुख र नगरपालिको मेयर बन्ने धेरै आकांक्षी देखिएदा कठिनाई भएको एक जिल्ला कमिटीका सदस्यले बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टीले सही मुल्याकन गरेर दक्ष र योग्य व्यक्तिलाई टिकट दिन्छ ।’ रामेछापको ६ गाउँपालिका र २ नगरपालिका गरी ६४ वटा वडा रहेका छन् । एमालेले झण्डै आधा वडाको अध्यक्षको उम्मेदवारी टुंगो लगाएको छ ।
रामेछाप नगरपालिकाको मेयरमा रोशन पाख्रिन सर्वसम्मत जस्तै भएको ती सदस्यले बताए । उनका अनुसार दुई गाउँपालिको प्रमुख, उप–प्रमुखको टुंगो लागि सकेकाले ४ गाउँपालिकाको प्रमुख र २ नगरपालिकाको मेयरको टुंगो लगाउन गृहकार्य भइरहेको छ । एमालेले सकेसम्म स्थानीय तहमै उम्मेदवारको छनोट गर्ने र केन्द्रमा नपठाउने गरी गृहकार्य गरिरहेको उनले रामेछाप न्युजलाई बताए ।

मन्थली नगरपालिकाको मेयर बन्न हानाथाप
रामेछाप जिल्लाको सबै भन्दा धेरै मतदाता रहेको मन्थली नगरपालिकाको मेयरको उम्मेदवार को भन्ने भन्नेमा एमालेभित्र हानाथाप सुरु भएको छ । मेयरको लागि जिल्ला कमिटी सचिव आन्नद श्रेष्ठ, रमेश बस्नेत, लव श्रेष्ठ, धु्रव कार्की, कृष्णहरि अधिकारी, गोपाल श्रेष्ठ र पशुपतिबहादुर खड्काले दावी गरेका छन् । सबै उम्मेदवारका आकांक्षीले आफ्नो पक्षमा लविङ सुरु गरेका छन् । एमालेलाई मन्थली नगरपालिको मेयर छनोट गर्न कठिनाई भएको छ । एक नेताका अनुसार मन्थली नगरपालिका उप–मेयरमा भने माया कार्कीलाई सर्वसम्मत बनाउने सहमति जुटेको रामेछाप न्जुलाई जानकारी दिए । मन्थली नगरपालिकामा २७ हजार १ सय ७२ मतदाता संख्या रहेको छ ।

चार गाउँपालिकामा पनि उस्तै आकांक्षी
नगरपालिकामाजस्तै चार गाउँपालिकामा पनि प्रमुख बन्नको लागि नेताहरुको दौडधुप बढेको छ । खाडाँदेवी गाउँपालिको प्रमुख बन्न होम बुढाथोकी, जिल्ला कमिटी उपाध्यक्ष प्रेम तामाङ, केशव बुढाथोकी, ज्ञानकुमार श्रेष्ठले दावी गरेको छन् । त्यसैगरी दोरम्बा गाउँपालिकाको प्रमुख बन्न तुलाप्रसाद कडेल, कुमार कडेल, प्रेम लामा, कोमल ढुंगेलले दावी गरेका छन् । उमाकण्ड गाउँपालिकामा चित्रा कार्की, शेरबहादुर सुनुवार, दुर्गा विक्रम कार्की प्रमुख बन्ने दौडमा रहेका छन् । गोकुलगंगा गाउँपालिकाको प्रमुखमा राजेन्द्रकुमार कार्की,अर्जुन कार्की, खडक सुनुवार, बुद्धिबहादुर कार्की प्रमुखको आकांक्षी रहेका छन् ।

लिख र सुनापति गाउँपालिकामा सर्वसम्मत
लिुख गाउँपालिकामा गोविन्द बहादुर खडकालाई प्रमुख, र उप–प्रमुखमा दिपशिखा दाहाललाई सर्वसम्म उम्मेदवार घोषणा गरेको एमालेले सुनापति गाउँपालिकाको प्रमुखमा प्रदिप योञ्जन उम्मेदवार बनाउने निश्चित रहेको छ । सुनापति गाउँपालिकाको उप–प्रमुखमा पासाङ डोल्मा लामालाई उठाउने एमालेले सर्वसम्मत निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस्