सुनापति गाउँपालिकालाई समृद्ध बनाउछौंः विष्ट



स्थानीय तहको निर्वाचनको लागि सुनापति गाउँपालिकामा १४ हजार ६ सय ६६ मतदाता रहेका छन् । सुनापति गाउँपालिकामा साबिकका पाँच गाविस समावेश गरिएको छ । ५ वटा वडा रहेको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले माओवादीले आफ्नो जित सुनिश्चित रहेको बताएको छ । सुनापति गाउँपालिकाबाट माओवादीले अध्यक्षमा पार्टीका जिल्ला इन्चार्ज समेत रहेको धावा लामालाई उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा गिता विष्ट (चौलागाईं)लाई उम्मेदवार बनाएको छ । माओवादीले सुनापति गाउँपालिकामा चुनावी अभियानलाई तिब्रता दिएको छ ।

गिता विष्ट (चौलागाई) उपाध्यक्षको प्रत्यासी, नेकपा माओवादी केन्द्र,सुनापति गाउँपालिका

सुनापति गाउँपालिकाबाट उपाध्यक्षका प्रत्यासी गिता विष्ट (चौलागाई) ले गाउँपालिकामा माओवादीको जित सुुनिश्चित रहेको बताएकी छिन् । माओवादीकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताउदै विष्टले अब गाउँगाउँमा आइपुगेको सिंहदरवारलाई सुदृढ र संस्थागत गरेर जानुपर्ने बताउछिन् ।
दस बर्षे जनयुद्धमा सहभागी भएकी विष्ट शहीद परिवारको सदस्य समेत हुन् । नेपालको राजनैतिक परिवर्तनको लागि भएको जनयुद्धको क्रममा बुबा कृष्णबहादुर विष्ट (रसकमल) दाई शिखर, भाउजु कविता शिवाकोटी, देवर विष्णु चौंलागाईले जनयुद्धको समयमा शहदात प्राप्त गर्नुभएको थियो ।
२०५६ सालमा पूर्णकालिन सदस्य हुँदै २०५७ सालबाट जनयुद्धमा सहभागी भएकी विष्ट पार्टीको क्षेत्रीय ब्युरो सदस्य, जनमुक्ति सेनाको कम्पनी कमाण्डर, विद्यार्थी संगठनका विभिन्न जिम्मेवारीमा रहेदै सक्रियतापूर्वक राजनीतिक गर्दै आएकी छिन् । उनी भन्छिन–जनयुद्धमा लागेर अहिलेको राजनीतिक परिवर्तन सम्भव भएकोमा मलाई गर्व छ, अब परिवर्तन संस्थागत गर्ने जिम्मेवारी र दायित्व थपिएको छ ।’

सुनापति गाउँपालिकालाई समृद्ध बनाउछौं 
निकै लामो त्याग वलिदान र संघर्षबाट अहिलेको परिवर्तन सम्भव भएको हो । सिंंहदरवारको अधिकार जनताको मझेरीमा आइपुगेको छ । राजनैतिक परिवर्तनसँगै अब आर्थिक क्रान्ति र गाउँवस्तीलाई समृद्ध बनाउने दायित्व पनि माओवादीको काँधमा आइपुगेको छ । माओवादीकै कारण अहिलेको परिवर्तन सम्भव भएको हो । परिवर्तित समय र जनताको चाहना अनुसार हामी स्थानीय तहको निर्वाचनमा सहभागी भएका छौं । यो निर्वाचनले जनताको जीवनमा सकारात्मक रुपान्तरण गर्नेछ । साथै सिंगो देशलाई विकास र समृद्धिको गतिमा अगाडि बढाउन निकै ठूलो भूमिका खेल्ने छ ।
सुनापति गाउँपालिकाभित्र रहेका गरिब शोषित, पीडित, एकल महिला, आदिवासी, जनजाति, दलित, जेष्ठ नागरिकहरुको जीवनस्तरमा परिवर्तन ल्याउनु अबको हामो कर्तव्य हो । म सहित सिंगो प्यानलाई नै निर्वाचनमा विजयी गराए सुनापति गाउँपालिकाले समृद्धिको लागि मन बचन र कर्मले काम गर्नेछौं भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।

पाँच बर्षको अवधिमा परिवर्तन गरेर देखाउँछौं
सुनापति गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृति पर्यटन लगायतको दृष्टिकोणबाट धनी छ । गाउँपालिका प्राकृतिक स्रोत साधनमा धनी भएर पनि सही ढंगले उपयोग हुन सकेको छैन् । सुनापति गाउँपालिका विकासको पथमा भर्खर मात्र अगाडि बढेको छ ।


स्थानीय तहको निर्वाचन मार्फत गाउँपालिकाको विकास र समृद्धि गर्ने माओवादी प्रतिबद्ध भएर लाग्ने छ । अब बोलीमा होइन व्यवहारमा नै गरेर देखाउछौं । गाउँपालिकामा उद्योग धन्दा स्थापना गर्नेदेखि बेरोजगार युवाहरुको लागि रोजगारी सृजना गर्ने र सुनापति गाउँपालिकाका प्रत्येक जनताको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गछौं । माओवादीको जगमा जसरी राजनैतिक परिवर्तन सम्भव भयो त्यसैगरी नै अब गाउँपालिको विकास गर्ने दायित्व र जिम्मेवारी पनि माओवादीको काँधमा आइपुगेको छ ।
राजनीतिक परिवर्तन संस्थागतसँगै बर्षौदेखिको जनताको समृद्धिको सपना पनि माओवादीको नेतृत्वमा मात्र सम्भव छ । जसरी माओवादीले विगतमा राजनीतिक परिवर्तन सम्भव गराएर देखाएको छ । अब त्यसैगरी सुनापति गाउँपालिको विकास र समृद्धि पनि गरेर देखाउन दृढ र प्रतिबद्ध छ । माओवादीले अब सुनापति गाउँपालिको गुरु योजना निर्माण गरेर पाँच बर्षको अवधिमा जनतालाई परिवर्तनको सम्भव गराएर देखाउछ ।

सुनापति गाउँपालिकामा बन्ने सुनाकोसी तेस्रो जनलविद्युत आयोजनलाई कार्यान्वयनमा ल्याउनु पहिलो प्राथमिकता हुनेछ । रोजगारीको लागि उद्योग धन्दा स्थापना गर्ने, कृषिलाई आधुनिकरण गर्ने, सबै जनतालाई स्वास्थ्य सेवा पु¥याउन अस्पताल निर्माण गर्ने, प्राविधिक शिक्षामा जोड दिने, सुनकोसी सिंचाई र खानेपानीलाई उच्च प्राथमिकता दिने काम गर्नेछ ।
सिन्धुली–रामेछाप जोडने खैरेनीघाटको पक्की पुल निर्माण समयमा नै सम्पन्न नहुँदा यहाँका बासिन्दाले निकै सास्ती र हैरानी खेप्दै आएका छन् । यो पुल एक बर्षभित्र सञ्चालनमा ल्याउन प्रतिबद्धता अनुसार माओवादीले काम गर्छ । त्यसैगरी सिंदुरेटारमा पक्की पुल बनाउन चौरी खोलाको पक्की पुल निर्माण गर्न, खानीखोला खिम्तीवेसी डहूवेसी हिर्केटार मैरे जोडने पक्की पुल निर्माण कामलाई तत्काल अगाडि बढाइनेछ
सुनापति गाउँपालिकालाई यस्तो बनाउन चाहन्छौं
स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित सम्पूर्ण अधिकार केन्द्रित भएसँगै विकासको मार्गचित्र कस्तो हुने ? स्थानीय तहको नीतिगत संरचना, साधन स्रोतहरुको परिचालन र भौतिक पूर्वाधारहरुको अवस्था कस्तो हुने ? भन्नेमा गाउँपालिका सबै जनताको चासो छ । माओवादीले सुनापति गाउँपालिको स्पष्ट दृष्टिकोणको साथ काम गर्छ ।

सुनापति गाउँपालिकामा दुई बर्ष अघि गएको भुकम्पको कारण भत्किएको निजी अवास निर्माणलाई प्राथमिकता पहिलो प्राथमिकता दिइनेछ । आन्तरिक एवं बाह्य पर्यटन प्रबृद्र्धन गर्न सुनापति डाडाँमा भ्यु टारव निर्माण गरिनेछ । गाउँपालिको सडकको गुरु योजना निर्माण गरेर प्राथमिकताको आधारमा कालोपत्रे र ग्राबिल गरिनेछ । गाउँपालिको दोभनटार, डहुँवेसी, लुभु चौरीखोलको किनारमा रहेका खेती योग्य खेतहरुमा परम्परागत रुपमा भन्दा पनि आधुनिक ढंगले तरकारी खेती रुपमा विकास गरिनेछ । .
समुहवद्ध र योजनावद्ध उत्पादनमा जोड गर्ने, त्यसको सुरक्षित भण्डारणको व्यवस्था गर्ने र बजारीकरणको व्यवस्थित प्रबन्ध गरेर कृषिमा आत्मनिर्भर मात्रै होइन, निर्यातको सामथ्र्य पनि राख्न व्यवस्था गर्ने । त्यसका लागि गाउँपालिकाभित्र एक खाद्यान्न शीत भण्डार, एक आधुनिक डेरी, एक कृषि शिक्षालय वा तालिम केन्द्रको स्थापना गरेर कृषि क्षेत्रको प्रवद्र्धन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्