तथानाम गाली गरेर समाज बन्दैन



प्रायः अहिलेको राजनीति क्षेत्रमा लागेको युबाहरु देख्दा दुःख लाग्छ । किनकी सबैले आफ्नै मात्र पार्टीको कुरा सही भन्ने नेतृत्वले ल्याएको गलत विचारलाई पनि अन्धभक्त भएर अरु पार्टीलाई देखि नसहने परिपाटीले यो समाज चुर्लुमै डुबेको छ। यस्तै अवस्था रहे अबको समाज कस्तो बन्ला ?

मलाई लाग्छ–अबको युबा पुस्ता जुनसुकै बिचारमा लागे पनि समाज परिवर्तनको दिशामा अगाडी बढ्दा अरुको राम्रो पक्षलाई पनि सम्मान गर्ने बानी बसाल्नु जरुरी छ। यहाँ त आजभोली फेसबुकको वालमा हेर्नुपर्छ युबाहरु सबै आफ्नो समुहको सबै ठिक अरु सबै गलत भनेर अरुलाई तथानाम गाली गरेको मात्रै देख्छु ।

यसले त समाज बिकास होईन समाज बिनाश र असभ्य बन्नतिर टेवा पुर्याउछ। यदि समाज परिवर्तन गर्ने हो भने एकले अर्काको राम्रो अस्तित्वलाई स्वीकार गर्दै एकजुट भएर अघि बढ्नुको कुनै विकल्प छैन।
जय होस।

प्रतिक्रिया दिनुहोस्