रामेछापको २ स्थानीय तहमा एमाले विजयी,रामेछापको मन्थली नगरपालिकामा एमालेको अग्रता



३ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । मन्थली नगरपालिकाको नगर प्रमुखमा एमालेका रमेश बस्नेतले ५४४३ र उपप्रमुख माया कार्कीले ५४१४ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी नेपलाी कांग्रेसबा मन्थली नगरपालिको नगरप्रमुखमा बिनोद कार्र्की ४८४६ उपप्रमुख गंगा अधिकारी ४८७३, नेकपा माओवादी केन्द्रका
तारानारायण श्रेष्ठ ४६५२ , उपप्रमुख रितादेवी घिमिरेको ४३३३ मत प्राप्त गरेकी छिन् ।
रामेछापका लिखु गाउँपालिकामा पनि एमालेले अग्रता कायम गरेको छ । लिखु गाउँपालिकामा एमालेका अध्यक्ष गोविन्द्र बहादुर खड्काले दोब्बर मतले अग्रता लिएका छन् । एमालेले यसअघि गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उमाकुण्ड गाउँपालिको अध्यक्षमा विजयी हासिल गरिसकेको छ ।
रामेछाप नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका नरबहादुर थापामगर अग्रता लिएका छन् । खाँडादेवी गाउँपालिकामा पनि कांग्रेसले नै अग्रता लिएको छ । सुनापति गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ भने दोरम्बा गाउँपालिकामा एमाले र माओवादी केन्द्र बराबरीमा अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्