रामेछाप हाँक्ने यी हुन निर्वाचित ८ महिला उपप्रमुख



७ जेठ, रामेछाप ।
स्थानीय तहको निर्वाचनबाट रामेछापको ८ स्थानीय तहमा ८ जना महिला उपप्रमुख निर्वाचित भएका छन् । रामेछापमा ८ स्थानीय तहमा एक जना पनि महिला प्रमुख निर्वाचित हुन सकेनन् । रामेछापमा प्रमुख दलहरुले महिलालाई प्रमुखको उम्मेदवार नै बनाएका थिएनन ।

संविधानले व्यवस्था गरे अनुसार स्थानीय तहमा महिलाहरुको उपस्थिति राम्रो देखिएको छ । रामेछापको ८ स्थानीय तहमा नै महिला उपाध्यक्ष बन्न सफल भएका छन् । स्थानीय तहको निर्वाचनले महिलाहरुको पनि नेतृत्वमा पहुँच बढेको छ । मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, लिखु गाउँपालिका, उमाकुण्ड गोकुलगंगा गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा चार जना महिला निर्वाचित भएका छन् ।

त्यसैगरी रामेछाप नगरपालिका र उमाकुण्ड गाउँपालिकामा कांग्रेसबाट दुइ जना, सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचन मार्फत अधिकार सम्पन्न गाउँपालिकामा उपाध्यक्षमा ८ जना नै महिला विजयी हुनुले नयाँ आशा र उत्साह थपेको छ ।

रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेको तर्फबाट उप्रमुखमा निर्वाचित भएकी माया कार्कीले जनताले विश्वास गरे अनुसार नै नगरपालिकाको विकासमा भूमिका खेल्ने बताइन । उनले भनिन,‘अबको मुख्य लक्ष्य विकास र समृद्धि हो, सबैसँग सहकार्य गरेर समृद्धिको सपना पूरा गर्न लाग्छु ।’

रामेछाप नगरपालिकामा नेपाली कांग्रेसबाट नगर उपप्रमुखमा निर्वाचित भएकी सृजना खड्काले पनि समाज रुपान्तरणमा शसक्त रुपमा भूमिका खेल्ने बताइन । उनले भनिन,‘पाँच बर्षको अवधिमा नगरपालिकामा सुधार गर्न लायकको काम गरेर देखाउछु ।’

नेकपा माओवादी केन्द्रबाट सुनापति गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी गिता विष्ट (चौलागाई)ले समाज रुपान्तरणको लागि आफूले सक्दो काम गर्ने बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘विगतमा राजनीतिक परिवर्तको लडाइँ लडियो, अब विकास र समृद्धिको लागि लडने हो ।’

यी हुन ८ स्थानीय तहका महिला उपप्रमुखहरु

मन्थली नगरपालिका
नेकपा एमाले
नगर उपप्रमुख, माया कार्की

रामेछाप नगरपालिका
नेपाली कांग्रेस
नगर उपप्रमुख,सृजना खड्का

खाँडादेवी गाउँपालिका
नेकपा एमाले
उपाध्यक्ष, मखमली श्रेष्ठ

सुनापति गाउँपालिका
नेकपा माओवादी केन्द्र
उपाध्यक्ष, गिता विष्ट (चौलागाई)

दोरम्बा गाउँपालिका
नेकपा माओवादी केन्द्र
उपाध्यक्ष, कृशला घिसिङ

लिखु गाउँपालिका
नेकपा एमाले
उपाध्यक्ष, दिपशिखा दाहाल

उमाकुण्ड गाउँपालिका
नेपाली कांग्रेस
उपाध्यक्ष, उर्मिला कार्की

गोकुलगंगा गाउँपालिका
नेकपा एमाले
उपाध्यक्ष, राधिका श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
CVdQ, idgw8rB48BAA, G0Xgs59PonN, p4BIQw, XQT6p, xnQG9, AtPF65Pc4, bryY0jZRC0pF1kIo, Tl0HndZAsx7