रामेछापकी विशेषता बुढाथोकीले जितिन अन्तर्राष्ट्रिय अवार्ड



हुने विरुवाको चिल्लो पात भन्ने त उखान नै छ । मेहनत र लगनशिलताबाट नै हरेक व्यक्ति सफलताको शिखरमा पुग्न सक्छ । मानिसलाई सफल बनाउने कि ? असफल बनाउने भन्ने मुख्य भूमिका परिवारमा रहेका अभिभावकहरुको हातमा हुन्छ । असल शिक्षा र संस्कार दिन सक्ने हो भने हेरक परिवारको सदस्य समाजको उदाहरण बन्न सक्छ ।

कुनै पनि प्रतियोगितमा सफलता प्राप्त गर्नको लागि निकै ठूलो मेहनत आवश्यक पर्छ । हरेक मानिसलाई सकारात्मक सोच र निरन्तरण प्रयासले नै सफल बनाउने गर्छ । बुबा होम बुढाथोकी र आमा नम्रता बुढाकोथीको कोखबाट जन्मिएकी विशेषता बुढाथोकीले दस बर्षको उमेरमै अन्तर्राष्ट्रिय अवार्ड जितेर नेपालको नाम विश्वसामु चिनाउन सफल भएकी छिन् । रामेछापको खाँडादेवी गाउँपालिका स्थायी घर भइ हाल काठमाडौंको बसुन्धरामा बस्दै आएकी विशेषताले आगामी दिनमा पनि नेपालमा नाम विश्वसामु चिनाउने अठोट व्यक्त लिएकी छिन् ।

टर्कीको बोड्रम सहरमा सम्पन्न बालबालिकाहरुसँँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापनको प्रतियोगिता लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा नेपालकी विशेषता बुढाथोकीले लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड जितेकी हुन् । विश्वका करिब तीन दर्जन मुलुकका बालबालिकाहरुको सहभागिता रहेका सो प्रतियोगितामा विशेषताको सहभागितालाई ईप्लानेटले व्यवस्थापन गरेको थियो ।

विशेषता बालुवाटारस्थित जोन डेवे स्कुलमा कक्षा ५ अध्ययनरत छिन् । पढाइमा लगनशिल बुढाथोकीले अन्तर्राष्ट्रिय अवार्ड जितेर विश्वसामु नेपालको नाम चिाउन सफल भएकी छिन् । नेपालको प्रतियोगिता अन्तर्गत मिडिया ल्यान्डको आयोजनामा सञ्चालन भएको जुनियर ब्याटल अन्तर्गतको लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१७ विधामा सेकेन्ड रनर्स अप भएकी विशेषताको अन्तर्राष्ट्रिय प्रतियोगिताको संयोजन मिडिया ल्यान्डले गरेको थियो ।

उक्त प्रतियोगितामा सहभागी हुनु पूर्व विशेषताले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी आधारभूत पक्ष तथा प्रस्तुतीकरणका विषयमा कोरियोग्रफर रोजिन शाक्यसँँग प्रशिक्षण लिएकी थिइन् । विशेषतालाई स्वजन रघुवंशीले ट्यालेन्ट राउन्डका लागि तयार पारेका थिए भने उनको पहिरन फेसन डिजाइनरद्घय उत्तम बनेपाली तथा जानकी श्रेष्ठले तयार गरेका थिए । अन्तर्राष्ट्रिय अवार्ड विजेता विशेषता बुढाथोकीसँग  रामेछाप न्युजले गरेको कुराकानीः–

अन्तर्राष्ट्रिय अवार्ड जित्दा कस्तो लाग्यो ?
–असाध्यै खुसी लाग्यो । मैले मेरो ममी र बाबालाई सम्झिए । डान्स टिचर र परिवारलाई सम्झे । मेरो देशलाई सम्झिए ।
टर्की जादैं गर्दा अवार्ड जित्छु भन्ने लागेको थियो ?
–मनमा आत्मविश्वास थियो । अवार्ड जित्छु भन्ने थियो ।
टर्कीमा पुगेपछि कस्तो लाग्यो ?
–केही वातावरण फरक थियो । टर्कीमा ट्रेनिङ भयो । डान्स भयो । त्यही हो ।
कति जनासंग प्रतिस्पर्धा गर्नु पर्यो ?
३५ जनासँग प्रनिस्पर्धा गर्नु पर्यो । कोही बहिनी थिए । कोही दिदी थिए । म जत्रै उमेरका पनि थिए । तर मैले ढुक्क भएर आत्मविश्वासको साथ प्रतिस्पर्धामा भाग लिए ।
कस्तो अनुभव भयो अवार्ड जित्दा ?
म नेपालको नाम लिएर नै अगाडी बढेको थिए । नेपालको नाम राखेर आए । अरु देशहकरुको बीचमा पनि नेपाललाई चिनाउन सके । नेपाललाई विश्वसामु चिनाए ।
सानैदेखि यो क्षेत्रमा लाग्ने सोच थियो कि थिएन ?
–त्यस्तो केही सोचेको थिइन । फस्ट टाईम लिटिल आईडल स्कुलमा भाग लिएको थिए । त्यहाँ चाँही फस्ट रनर अप भए ।
यो सफलता प्राप्त गर्न कसको भूमिका छ ?
–घरमा बाबा मंमीले प्रोत्साहन गर्नुहुन्थ्यो । छोरी तिमीले मेहनत गर । एक दिन सफल हुन्छौ भनेर सधै हौसला प्रदान गर्नुहुन्थ्यो । मैले पनि मेहनत गरे । नभन्दै सफल भए
स्कुलबाट कतिको सपोर्ट थियो ?
स्कुलबाट पनि धेरै सपोर्ट भयो । छुट्टी दिनुभयो ।
डान्स टिचरलाई के भन्न चाहनुहुन्छ ?
–मेरो डान्स टिचर सोजन सर हो । उहाँले गर्दा नै म यो स्थानमा पुगे । धन्यबाद दिनचाहन्छु । उहाँले गर्दा नै जिते ।
प्रतियोगितमा के–के प्रश्न सोधिएको थियो ?
–प्रश्न धेरै गाह्रो थिएन । सजिलै थिए ।
प्रश्न सोध्दा मनमाा ढुकढुकी बढेको थियो कि थिएन ?
–मनमा ढुकढुकी बढेको थियो । तर मलै संयमित भएर जवाफ दिए ।
आगामी दिनमा के गर्ने सोच छ त ?
–राम्रो काम गरेर नेपाललाई चिनाउछु भन्ने उदेश्य लिएको छु । सोही अनुसार अगाडि बढ्छु ।
अन्त्यमा केही भन्नु छ ?
म एकदम धन्यबाद दिन चाहन्छु, प्रतिमा श्रेष्ठ, प्रशंसा श्रेष्ठ,मिडिया र  डान्स टिचर सबैलाई ।

प्रतिक्रिया दिनुहोस्