नर्सिङ र गायनमा सँगसँगै रेणुका



काठमाडौँ । सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकालदेखिनै प्यासले नर्सिङजस्तो ब्यस्त पेशामा रहँदारहँदै पनि रेणुले सङ्गीतको सङ्गत छाड्न सक्नुभएन । अन्तत, नर्सिङ पेशालाई थाँती राखेरै रेणुका यतिखेर सङ्गीत अध्ययन, गीत रेकर्डिङ र प्रवद्र्धनमा जुट्नुभएको छ ।

पेशाले नर्स तर बाल्यकालीन रुचिले गायिका बन्न पुगेकी रेणुका थापाले डान्सिङ प्याटनको क्लव सङ तिम्रो मायामा… को भिडियो युट्युव मार्फत् सार्वजनिक गर्नुभएको छ । सो गीतलाई डिजेहरुले समेत रुचाएका छन् । प्रस्तुत गीत÷भिडियोमा शब्द÷सङ्गीत÷स्वर÷मोडलिङसमेत रेणुका थापाको छ । रेणुकालाई गौरवजङ्ग राणाले अभिनयमा साथ दिनुभएको छ । भिडियोमा गम्भीर विष्टको निर्देशन, पवन गौतमको छायाङ्कन र नविन निरौलाको सम्पादन रहेको छ ।
विद्यालय र कलेजका स्मारिकाहरुमा फुटकर रचना प्रकाशनसमेत गर्नुभएकी गायिका थापाले
कक्षा ६ मा अध्ययन गर्दैदेखि गीत लेख्न थाल्नुभएको हो । तीन वर्षदेखि सङ्गीत सिक्दै आउनुभएकी कोटेश्वरकी थापाका तीन वटा गीत÷भिडियो सार्वजनिक छन् । गायिका थापा भन्नुहुन्छ–“जानीनजानी नै कविता लेख्थेँ । गीत कसरी बनाउने हो भन्ने सोच आउँथ्यो । सेवातिर पनि सानैदेखि रुचि थियो, त्यसैले नर्सिङ अध्ययनतिर लागेँ ।”
नर्सिङ पेशा र सङ्गीतलाई सँगसँगै लैजाने सोचमा रहनुभएकी थापा नेपाली गीत धेरै सुन्ने गरेको बताउनुहुन्छ । नारायणगोपाल र अरुणा लामाका गीत विशेष रुचाउने थापालाई पछिल्लो समयका गायिका मेलिना राई र गायक धर्मेन्द्र सेवान मन पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्